इएफएल कपमा मिडल्स्ब्रोसँग चेल्सी स्तब्ध
२०८० पुष २५ गते ८:२३
२५ पुस, काठमाडौं । प्रिमियर लिग क्लब चेल्सी इएफएल कप फुटबलको सेमिफाइनल पहिलो लेगमा दोस्रो श्रेणीको क्लब मिडल्स्ब्रोसँग पराजित भएको छ ।
मंगलबार राति मिडल्स्ब्रोले घरेलु मैदान रिभरसाइड स्टेडियममा चेल्सीलाई १-० ले पराजित गरेको छ । चेल्सीले पनि पाएको अवसर सदुपयोग गर्न नसक्दा पारजित भयो ।
मिडल्स्ब्रोका लागि हाएडेन हाकनेले ३७औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । त्यपछि दुवैतर्फबाट थप गोल भएन ।
चेल्सीका कोल पाल्मरले तीन गोलका सम्भावित अवसर गुमाएका थिए । चेल्सीका प्रशिक्षक माउरिसियो पोचेटिनोले आफ्नो टिमले अवसर बनाएको तर गोल गर्नका लागि छरितो नभएको बताए ।
चेल्सी र मिडल्स्ब्रोबीच दोस्रो लेग २३ जनवरीमा चेल्सीको मैदानमा हुनेछ ।
अर्को सेमिफाइनलमा लिभरपुलले फुलहमसँग खेल्नेछ ।
टुर्नामेन्ट
ICC Men T20 World Cup 2024
West Indies A Tour to Nepal 2024
ACC Premier Cup 2024
IRELAND WOLVES TOUR OF NEPAL
Nepal Tri-Nation T20I Series (2024)
Nepal A VS Canada XI OD Series
2023–2027 ICC Cricket World Cup League 2
Nepal Vs Canada ODI Series
Aaha RARA Pokhara gold cup
ICC Under-19 Cricket World Cup 2024
Pm Cup Womens National Cricket Tournament
Nepal Super League
T20 World Cup Final Asia
Nepal Tri-Nation T20I Series
Asiacup 2023
एसीसी प्रिमियर कप
प्रतिक्रिया 4