+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

सिद्धार्थ रिसोर्ट सुर्खेतमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको अनुमगन

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ८ गते १०:२१

८ माघ, सुर्खेत । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले सुर्खेतमै रहेको सिद्धार्थ शनि रिसोर्टमा अनुगमन गरेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतको अनुगमन टोलीले रिसोर्टको भान्छाको स्थलगत अनुगमन गरेर खानालाई क वर्गको अतिउत्तम स्तरनिर्धारण गरी प्रमाणपत्र दिएको हो ।

खाद्य प्रविधि तथ गुण नियन्त्रण कार्यालय सुर्खेतका प्रमुख भेषबहादुर थापा सहित खाद्य प्राविधिक, स्थानीय प्रहरी प्रशासन, उपभोक्ता मञ्च, नगरपालिकाका प्रतिनिधि सहितको टोलीले सिद्धार्थ होटेलमा खाना तयार पार्दा पालना अपनाएका स्वच्छताका मापदण्डहरुको अनुगमन गरेर अतिउत्तम स्तर निर्धारण गरेको होटेलका प्रबन्धक बद्री कोइरालाले बताए ।

नेपाल सरकार कृषि मन्त्रालयले खाद्य स्वच्छताका आधारमा होटेल, रेष्टुरेन्ट स्तरीकरण गर्नका लागि २०७४ मा जारी गरेको निर्देशिका अनुसार अनुगमन टोलीले रिसोर्टको अनुगमन गरेको थियो ।

खाद्य स्वच्छतामा स्तरीकरणका लागि किचेनको सरसफाइ र फोहर व्यस्थापन, किचेनमा खाद्य सामग्रीको रुपमा प्रयोग हुने खाद्यान्नको उत्पादन भएको, खरिद गरेर ल्याएको र म्याद समाप्त हुने मिति अपडेट भए नभएको, खाद्य सामग्रीहरु ताजा र विषादीरहित भए नभएको, खानाका परिकारहरु तयार भएपछि ती खानेकुराहरुलाई तापक्रम निर्धारण गरेर राखे नराखेको, फ्रिज चिलेरहरुको तापक्रम मेन्टेन भए नभएको लगायत ५० वटा सुचांकहरु राखिएको छ ।

अनुगमन टोलीले तिनै सुचांक अनुसार भए नभएको हेरेर होटेल तथा रेष्टुरेन्टहरुलाई सामान्य, सन्तोषजनक, उत्तम र अति उत्तम गरेर चार तहमा वर्गीकरण गर्ने गरेको छ ।

सिद्धार्थ शनि रिसोटले ९८ अंक सहित तीन तारा क सहित अति उत्तम स्तरीकरणको वर्गीकरणमा परेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतका प्रमुख थापाले बताए ।

सिद्धार्थ गु्रपले देशैभरका ३० वटा आउटलेटको किचेनको स्वच्छतालाई उच्च प्राथमिकता दिएर पूर्वाधार निर्माण गर्नेदेखि किचेनमा काम गर्ने हेल्पर तथा सेफहरुलाई फुड सेफ्टी म्यानेजमेन्टको विभिन्न चरणको तालिमहरु सञ्चालन गर्दै आएको सिद्धार्थ ग्रुपका क्षेत्रीय प्रबन्धक केशव न्यौपानेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?