+

रग्बी फिप्टिन्स लिग फागुनमा दशरथ रंगशालामा हुने

२०८० माघ  २४ गते १२:५३ २०८० माघ २४ गते १२:५३
रग्बी फिप्टिन्स लिग फागुनमा दशरथ रंगशालामा हुने

२४ माघ, काठमाडौं । नेपाल रग्बी संघको आयोजनामा राष्ट्रिय रग्बी फिफ्टिन्स रग्बी लिग फागुन ६ देखि १२ गतेसम्म दशरथ रंगशालामा हुने भएको छ ।

लिगमा विभागीय टोलीको त्रिभुवन आर्मी क्लब, नेपाल पुसिलस क्लब, एपीएफ क्लब र गोर्खाली रग्बी क्लब काठमाडौंको सहभागिता रहने मंगलबार आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष दिपक देवकोटाले जानकारी दिए ।

सिंगल राउन्ड लिगका आधारमा प्रतिस्पर्धा हुने लिग सम्पन्न गर्न २५ देखि ३० लाख रुपैयाँ लाग्ने संघका महासचिव गोविन्द घिमिरेले बताए ।

पाँचौं संस्करणको लिगको विजेतालाई उपाधिसँगै ७५ हजार र उपविजेतालाई ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

संघले सहभागी सबै टोलीका लागि तयारी खर्च स्वरुप ५ लाख रुपैयाँ प्रदान गर्नेछ । लिगमा सहभागी टोलीले २१ देखि २६ जना खेलाडी राख्न पाउनेछ ।

जसमा विभागीय बाहेकको टोलीले पाँच जना विदेशी खेलाडी राख्न पाउने प्रावधान रहेको छ । यसपटक गोर्खाली क्लबले पाँच जना खेलाडी राखेको छ ।

रग्बी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय