+

सागरको कीर्तिमानमा सुधार

२०८० माघ  २८ गते ९:२१ २०८० माघ २८ गते ९:२१
सागरको कीर्तिमानमा सुधार

२८ माघ, काठमाडौं । नेपाली भारोत्तोलक सागर भण्डारीले एसियाली सिनियर भारोत्तोलन च्याम्पियनसिपमा नयाँ राष्ट्रिय कीर्तिमान शनिबार बनाएका छन् ।

उज्वेकिस्तानको तास्केन्टमा जारी प्रतियोगिताको पुरुष १०९ केजीमाथि सागरले क्लिन एन्ड जर्कमा १७१ केजी भार वहन गर्दै नयाँ राष्ट्रिय कीर्तिमान बनाएका हुन् ।

उनकै नाममा १७० केजीको कीर्तिमान थियो । सो कीर्तिमान उनले १९ औं एसियाली खेलकुदमा बनाएका थिए ।

कीर्तिमान सागर भण्डारी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय