म्याक्सवेलको कीर्तिमानी शतकमा अष्ट्रेलियाको विशाल योगफल
२०८० माघ २८ गते १५:५४
२८ माघ, काठमाडौं । ग्लेन म्याक्सवेलको विश्व कीर्तिमान शतकमा अष्ट्रेलियाले दोस्रो टी-२० आई खेलमा वेस्ट इन्डिजलाई २४२ रनको विशाल लक्ष्य दिएको छ ।
एडिलेडमा टस हारेर पहिला ब्याटिङ गरेको अष्ट्रेलियाले २० ओभरमा ४ विकेट गुमाउँदै २४१ रन बनायो । ग्लेन म्याक्सवेल ५५ बलमा १२ चौका र ८ छक्कासहित १२० रनमा नट आउट रहे । यो उनको टी-२० आई करिअरको पाँचौं शतक हो ।
म्याक्सवेलले रोहित शर्माको टी-२० आईमा सर्वाधिक ५ शतकको कीर्तिमान बराबर गरेका छन् ।
डेविड वार्नर २२, जोश इंग्लिस ४, मिचेल मार्स २९, मार्कस स्टोइनिस १६, टिम डेविड ३१ रन बनाए ।
जेसन होल्डरले २, अल्जारी जोशेप र रोमारियो शेफर्डले १-१ विकेट लिए ।
टुर्नामेन्ट
ICC Men T20 World Cup 2024
West Indies A Tour to Nepal 2024
ACC Premier Cup 2024
IRELAND WOLVES TOUR OF NEPAL
Nepal Tri-Nation T20I Series (2024)
Nepal A VS Canada XI OD Series
2023–2027 ICC Cricket World Cup League 2
Nepal Vs Canada ODI Series
Aaha RARA Pokhara gold cup
ICC Under-19 Cricket World Cup 2024
Pm Cup Womens National Cricket Tournament
Nepal Super League
T20 World Cup Final Asia
Nepal Tri-Nation T20I Series
Asiacup 2023
एसीसी प्रिमियर कप
प्रतिक्रिया 4