+
+

नेपाल व्यवस्थापन संघमा नयाँ नेतृत्व

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २८ गते १९:३९

२८ माघ, काठमाडौं । नेपाल व्यवस्थापन संघ (म्यान)मा नयाँ नेतृत्व चयन भएको छ । संघको शुक्रबार सम्पन्न ४३ औं वार्षिक साधारण सभा तथा नेशनल म्यानेजमेन्ट कन्भेन्सनबाट नयाँ नेतृत्व चयन भएको हो ।

म्यानको अध्यक्षमा मोहनराज ओझा चयन भएका छन् । उनी ग्रोथ सेलर्स प्रालिका संस्थापक हुन् ।

प्रथम उपाध्यक्षमा ग्लोबल आइएमई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, द्वितीय उपाध्यक्षमा मसरेक बैंककी नेपाल प्रतिनिधि हेमा अधिकारी, महासचिवमा इन्द्र श्रेष्ठ र कोषाध्यक्षमा कविराज अधिकारी चयन भएका छन् ।

सदस्यमा धर्मानन्द अवस्थी, अनु जोशी श्रेष्ठ, कृष्ण प्रसाद आचार्य, किशोर ढुंगाना, मधु पौडेल, जितेन्द्र धिताल, सूर्यप्रसाद सिलवाल, अशोक शेरचन, चंकी क्षेत्री, राजेशकुमार पाण्डे, अजयकुमार मिश्र र महेश स्वाँर चयन भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?