वेष्टहमको पोष्टमा आर्सनलको ६ गोल
२०८० माघ २९ गते ९:४०
२९ माघ, काठमाडौं । आर्सनलले प्रिमियर लिगमा वेष्टहम युनाइटेडलाई ६-० ले पराजित गरेको छ । फराकिलो जितपछि आर्सनल उपाधि होडमै कायम छ ।
वेष्टहमको मैदानमा भएको खेलमा आर्सनलका लागि ६ फरक खेलाडीले गोल गरे । लण्डन क्लबले पहिलो हाफमै पाँच गोल गरेको थियो ।
आर्सनलका लागि विलियम सालिवाले ३२औं, बुकायो साकाले ४१औं, गाब्रीएल मागालहाएसले ४४औं र लियोन्ड्रो ट्रोसार्डले पहिलो हाफको इन्जुरी टाइममा गोल गरे । यस्तै वेष्टहमकै पूर्व कप्तान डेक्लान राइसले ६५औं मिनेटमा एक गोल थपे ।
जितपछि आर्सनलले २४ खेलबाट ५२ अंक जोडेको छ र तेस्रो स्थानमै छ । दोस्रो स्थानको म्यानचेष्टर सिटी समान अंक भए पनि आर्सनल गोल अन्तरमा पछि छ । सिटीले एक खेल कम खेलेको छ । लिभरपुल २४ खेलबाट ५४ अंक जोडेर शीर्ष स्थानमा छ ।
टुर्नामेन्ट
ICC Men T20 World Cup 2024
West Indies A Tour to Nepal 2024
ACC Premier Cup 2024
IRELAND WOLVES TOUR OF NEPAL
Nepal Tri-Nation T20I Series (2024)
Nepal A VS Canada XI OD Series
2023–2027 ICC Cricket World Cup League 2
Nepal Vs Canada ODI Series
Aaha RARA Pokhara gold cup
ICC Under-19 Cricket World Cup 2024
Pm Cup Womens National Cricket Tournament
Nepal Super League
T20 World Cup Final Asia
Nepal Tri-Nation T20I Series
Asiacup 2023
एसीसी प्रिमियर कप
प्रतिक्रिया 4