चेल्सीको पुनरागमन जित
२०८० फागुन १ गते ८:०८
१ फागुन, काठमाडौं । कोनोर गालाघरले दुई गोल गरेपछि चेल्सीले प्रिमियर लिगमा क्रिस्टल प्यालेसमाथि ३-१ को पुनरागमन जित निकालेको छ ।
घरेलु मैदानमा जेफरसन लेर्माले ३०औं मिनेटमा गोल गर्दै क्रिस्टल प्यालेसलाई पहिले अग्रता दिलाएका थिए । तर, दोस्रो हाफमा चेल्सीले पुनरागमन गर्दै ३ गोल गर्यो ।
गालाघरले ४७औं मिनेटमा चेल्सीका लागि बराबरी गोल गरे । त्यसपछि इन्जुरी टाइमको पहिलो मिनेटमा गालाघरले नै गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । इन्जुरी टाइमको चौथो मिनेटमा एन्जो फर्नान्डनेजले गोल गर्दै चेल्सीको जित पक्का गरे ।
जितपछि चेल्सी २४ खेलबाट ३४ अंक जोडेर १०औं स्थानमा उक्लेको छ । प्यालेस भने २४ खेलबाट २४ अंकसहित १५औं स्थानमै छ ।
टुर्नामेन्ट
ICC Men T20 World Cup 2024
West Indies A Tour to Nepal 2024
ACC Premier Cup 2024
IRELAND WOLVES TOUR OF NEPAL
Nepal Tri-Nation T20I Series (2024)
Nepal A VS Canada XI OD Series
2023–2027 ICC Cricket World Cup League 2
Nepal Vs Canada ODI Series
Aaha RARA Pokhara gold cup
ICC Under-19 Cricket World Cup 2024
Pm Cup Womens National Cricket Tournament
Nepal Super League
T20 World Cup Final Asia
Nepal Tri-Nation T20I Series
Asiacup 2023
एसीसी प्रिमियर कप
प्रतिक्रिया 4