+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

पक्राउ परेका डाक्टरको बयान : लाइसेन्सको जाँच पास नभएपछि अरुको नम्बर प्रयोग गरें

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ६ गते १५:४०

६ फागुन, काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा विरामी जाँचेको आरोपमा पक्राउ परेका चिकित्सक सम्बुद्ध भट्टाचार्यले मेडिकल काउन्सिलको किर्ते प्रमाणपत्र प्रयोग गरेको स्वीकारेका छन् ।

सरकारी वकिलको रोहवरमा जिल्ला प्रहरी परिसर, काठमाडौंलाई दिएको बयानमा भट्टाचार्यले मेडिकल काउन्सिलको ‘इजाजतका लागि परीक्षा दिए पनि उत्तीर्ण नभएकाले तत्काल काम गर्न लेटरहेड र छाप प्रयोग गरेको’ बताएका हुन् ।

भट्टाचार्यले आफू एमबीबीएस गरेको विद्यार्थी भएकाले बिरामीको उपचार गर्दै आएको दाबी गरेका छन् । तर, प्रहरीले भने उनले एमबीबीएस पास गरे/नगरेको स्पष्ट पारेको छैन ।

उपत्यका अपराध अनुसन्धान कार्यालयले गरेको अनुसन्धानका क्रममा उनले प्रयोग गरेको एनएमसी नम्बर डा. एलिना श्रेष्ठ र सृष्टि खरेलको नाममा जारी भएको भेटिएको थियो ।

मेडिकल काउन्सिललाई उनले प्रयोग गर्ने नम्बरबारे पत्र पठाउँदा उनको भट्टाचार्यको नाम टाँसिएको अर्को इजाजत पत्र वर्षा बर्माको नाममा जारी भएको देखिएको थियो । त्यसपछि कार्यालयले उनलाई पक्राउ गरेर अनुसन्धान थालेको थियो ।

उनले आफूलाई त्रिवि शिक्षण अस्पतालमा कार्यरत् चिकित्सक भएको बताएर वी केयर हेल्थ सेन्टरमा विरामी जाँच्दै आएका थिए ।

उनले उपेन्द्र यादव स्वास्थ्य मन्त्री भएका बेलाको प्रशंसा पत्र, विश्व स्वास्थ्य संगठन, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायतका निकायको पनि नक्कली कागजात बनाएको अनुसन्धानका क्रममा खुलेको थियो ।

‘नक्कली कागजातहरु देखाएर उनले विभिन्न स्वास्थ्य संस्थामा बिरामी जाँच्दै आएका थिए’, अनुसन्धानमा संलग्न एक अधिकृत भन्छन्, ‘यसअघि उनले हिमाल धौलागिरी पोलिक्लिनिक तथा यलम्बर क्लिनिक प्रा.लि.मा समेत उपचार गराएका थिए ।’

यसबारे जिल्ला प्रहरी परिसर, काठमाडौंले अनुसन्धान गरेर रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंलाई बुझाएको थियो । त्यसका आधारमा जिल्ला अदालत, काठमाडौंमा भट्टाचार्य विरुद्ध सरकारी कागजात किर्ते र मुलुकी अपराध संहिताको इजाजत प्राप्त नगरेको व्यक्तिले इलाज गरेको कसुरमा मुद्दा दायर गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?