+

प्रिमियर लिगमा शीर्ष स्थानको लिभरपुललाई ४ अंकको अग्रता

२०८० फागुन  १० गते ७:३७ २०८० फागुन १० गते ७:३७
प्रिमियर लिगमा शीर्ष स्थानको लिभरपुललाई ४ अंकको अग्रता

१० फागुन, काठमाडौं । प्रिमियर लिगको शीर्ष स्थानमा रहेको लिभरपुलले बुधबार राति लुटन टाउनलाई ४-१ ले पराजित गरेको छ ।

घरेलु मैदानमा एक गोलले पछि परेर पनि पुनरागमन जित निकालेको लिभरपुलले दोस्रो स्थानको म्यानचेष्टर सिटीमाथी ४ अंकको अग्रता समेत बनाएको छ ।

लिभरपुललको मैदानमा एनफिल्डमा भएको खेलको १२औं मिनेटमै चिडोज ओगेबेनले गोल गर्द लुटोनलाई पहिले अग्रता दिलाएका थिए ।

तर दोस्रो हाफमा लिभरपुलले ४ गोल फर्कायो । कपत्न भर्जिन भान डाइकले ५६औं मिनेटमा लिभरपुलका लागि बराबरी गोल गरे ।

यस्तै कोडी गाक्पोले ५८औं, लुएइस डियाजले ७१औं र हार्भे एलिओटले ९०औं मिनेटमा गोल गरे ।

जितपछि लिभरपुलको २६ खेलबाट ६० अंक भएको छ । एक खेल कम खेलेको सिटी ५६ अंकसहित दोस्रोमा छ ।

प्रिमियर लिग लिभरपुल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय