
१० फागुन, काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले संघीय व्यवस्था अनुसारको प्रणाली बनाएपनि संघीयताले पूर्णता पाउन नसकेको बताएका छन् ।
पार्टीको महासमिति बैठक सकिँदै गर्दा उनले भने,‘सातवटै प्रदेशका मुख्यमन्त्रीहरुले प्रदेश प्रहरी हुनुपर्छ भनेर आन्दोलनको अभिव्यक्ति दिइरहनुभएको छ । निजामति कर्मचारी आफ्नो हुनुपर्दछ भन्दै हुनुहुन्छ ।’
पूर्व उपभापति निधिले कार्यकर्तालाई २०८४ सालसम्मको ध्येय लिएर आफ्नो स्थानमा फर्कन सुझाव दिए । ‘त्यहाँ भन्दा परको ध्येय लिनु पर्दैन,’ निधिले भने । २०८४ पछि गठबन्धनको नभई कांग्रेसको बहुमतको सरकार बनाउने गरि परिचालित हुन उनले आग्रह गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4