+

लिभरपुलले जित्यो इएफएल कपको उपाधि

२०८० फागुन  १४ गते ७:२५ २०८० फागुन १४ गते ७:२५
लिभरपुलले जित्यो इएफएल कपको उपाधि

१४ फागुन, काठमाडौं । कप्तान भर्जिल भान डाइकले अतिरिक्त समयमा गरेको गोलको मदतमा लिभरपुलले चेल्सीलाई १-० ले राजित गर्दै इएफएल कपको उपाधि जितेको छ ।

आइतबार राति लण्डनस्थित वेम्बली मैदानमा भएको फाइनल खेलमा लिभरपुललाई जिताउन भान डाइकले ११८औं मिनेटमा गोल गरे ।

त्यसअछि भान डाइकले ६०औं मिनेटमा गोल गरे पनि भिएआरले मान्यता नदिंदा लिभरपुल अग्रता लिनबाट बन्चित भएको थियो । तर अतिरिक्त समयमको खेल सकिन दुई मिनेट बाँकी छँदा भान डाइकले नै विजयी गोल गरे ।

लिभरपुलले दशौं पटक इएफएल कपको उपाधि जितेको हो । लिभरपुलले नै यो उपाधि सर्वाधिक जित्ने टिम समेत हो ।

लिभरपुलपछि म्यानचेष्टर सिटीले ८ तथा म्यानचेष्टर युनाइटेडले ६ पटक इएफएल कप जितेका छन् ।

इएफएल लिभरपुल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय