+

नेदरल्याण्ड्सको चौथो विकेट गयो, ऐरीलाई पहिलो सफलता

२०८० फागुन  २२ गते १४:३९ २०८० फागुन २२ गते १४:३९
नेदरल्याण्ड्सको चौथो विकेट गयो, ऐरीलाई पहिलो सफलता

२२ फागुन, काठमाडौं । टी–२० आई त्रिदेशीय सिरिजको उपाधि जित्न १८५ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सको चौथो विकेट गएको छ ।

१६.१ ओभरमा दीपेन्द्र सिंह ऐरीले स्कट एडवार्डसलाई व्यक्तिगत २ रनमा आउट गरेका हुन् । उनी आउट हुँदा नेदरल्याण्ड्सको स्कोर १४१ रन छ ।

यसअघि अविनाश बोहराले विक्रमजित सिंहलाई व्यक्तिगत २९ रनमा आउट गरेका थिए ।

यस्तै नवौं ओभरमा कुशल मल्लले एकै ओभरमा दुई विकेट लिएका थिए ।

नवौं ओभरमा बलिङमा आएका उनले पहिलो बलमा नै म्याक्स ओडाउडलाई दीपेन्द्र सिंह ऐरीको हातबाट क्याच गराए । ओडाउड व्यक्तिगत २३ रनमा आउट भएका हुन् ।

त्यसपछि पाँचौ बलमा माइकल लेभिटलाई कप्तान रोहित पौडेलको हातबाट क्याच गराए ।

लेभिटले २९ बलमा ६ चौका र ३ छक्काको सहयोगमा ५४ रन बनाएका थिए ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १८४ रन बनाएको थियो ।

दीपेन्द्र सिंह ऐरी नेपाल भर्सेस नेदरल्याण्ड्स
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय