+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

दीर्घसेवा पदकको लागि आवेदन दिन त्रिवि महाशाखाको सूचना

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २९ गते १५:४४

२९ फागुन, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको कर्मचारी प्रशासन महाशाखाले दीर्घसेवा पदकको लागि आवेदन माग गरेको छ ।

त्रिवि अन्र्तगतका क्याम्पस/कार्यालय/केन्द्रीय विभाग/केन्द्र/अस्पताल लगायतको निकायहरुमा स्थायी, अस्थाइ वा करार सेवामा रही निरन्तर २५ वर्ष वा सो भन्दा बढी काम गरेका शिक्षक तथा कर्मचारीलाई दीर्घसेवा पदक दिँदै आएको छ ।

त्रिविले त्यस्ता शिक्षक तथा कर्मचारीलाई विश्वविद्यालयबाट सेवाकालमा एक पटक प्रदान गरिने दीर्घसेवा पदकका लागि चैत मसान्तसम्म अटुट रुपमा २५ वर्ष वा सो भन्दा बढी (यसअघि कारणवश फारम भर्न नसकि पदक पाउन छुटेकालाई समेत) आवेदन दिन अनुरोध गरेको छ ।

दीर्घसेवा पदकको लागि शिक्षक तथा कर्मचारीले शुरुको नियुक्ति पत्र, हालको नियुक्ति पत्र समावेश गरी कार्यरत निकायको निकाय प्रमुखबाट सेवा निरन्तरता प्रमाणित गरी १० वैशाख २०८१ मा महाशाखामा सिफारिस पढाउन सम्बन्धित निकायलाई पत्राचार समेत गरिसकेको महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?