टी–२० आई सिरिजको फाइनलमा पीएनजीविरुद्ध नेपालको राम्रो सुरुवात
२०८० फागुन ३० गते १२:१४
२९ फागुन, काठमाडौं । हङकङमा चलिरहेको त्रिकोणात्मक टी–२० आई सिरिजको फाइनलमा पपुवा न्युगिनीविरुद्ध नेपालले राम्रो सुरुवात गरेको छ ।
टस जितेर पहिलो फिल्डिङ गर्ने निर्णय गरेको नेपालले पीएनजीको ३ विकेट लिएको छ ।
पीएनजीको स्कोर २० हुँदा ३.१ ओभरमा आकाश चन्दले नेपालका लागि तेस्रो र व्यक्तिगत दोस्रो विकेट लिएका हुन् ।
त्यसक्रममा उनले लेगा सिकालाई व्यक्तिगत २ रनमा करण केसीको हातबाट क्याच गराए । यसअघि चन्दले नै पीएनजीका कप्तान असद भालालाई व्यक्तिगत २ रनमा विकेट किपर विनोद भण्डारीको हातबा क्याच गरेका थिए ।
खेलमा पहिलो विकेट भने करण केसीले लिए । उनले खेलको दोस्रो बलमै ओपनर सेसे बाउलाई आकाश चन्दको हातबाट क्याच गराएका थिए ।
टुर्नामेन्ट
ICC Men T20 World Cup 2024
West Indies A Tour to Nepal 2024
ACC Premier Cup 2024
IRELAND WOLVES TOUR OF NEPAL
Nepal Tri-Nation T20I Series (2024)
Nepal A VS Canada XI OD Series
2023–2027 ICC Cricket World Cup League 2
Nepal Vs Canada ODI Series
Aaha RARA Pokhara gold cup
ICC Under-19 Cricket World Cup 2024
Pm Cup Womens National Cricket Tournament
Nepal Super League
T20 World Cup Final Asia
Nepal Tri-Nation T20I Series
Asiacup 2023
एसीसी प्रिमियर कप
प्रतिक्रिया 4