+

आयरल्यान्डसँग र भारतमा फ्रेन्डसिप कप खेल्ने नेपालको टोली घोषणा

२०८० चैत  ७ गते ११:४६ २०८० चैत ७ गते ११:४६
आयरल्यान्डसँग र भारतमा फ्रेन्डसिप कप खेल्ने नेपालको टोली घोषणा

७ चैत्र, काठमाडौं । नेपालले घरेलु मैदानमा आयरल्यान्ड वोल्भससँग दुई टी-२० र भारतमा खेल्ने त्रिकोणात्मक टी-२० सिरिजको लागि आफ्नो टोली घोषणा गरेको छ ।

रोहित पौडेलको कप्तानीमा घोषणा गरिएको टोलीमा पछिल्लोपटक हङहङ भ्रमणमा राम्रो प्रदर्शन गरेका तीव्र गतिका बलर आकाश चन्दलाई समेटिएको छ ।

हङकङ भ्रमणमा नरहेका विकेटकिपर अनिलकुमार शाह पनि नेपालको टोलीमा छन् । नेपालले सोमबार र मंगलबार आयरल्यान्ड ‘ए’सँग टी-२० खेल्नेछ । त्यसपछि नेपाल भारतमा जानेछ । फ्रेन्डसिप कपमा नेपाल, गुजरात र बरोडाबीच त्रिकोणात्मक टी-२० आई सिरिज हुनेछ ।

नेपालले पहिलो खेल चैत्र १८ गुजरातसँग खेल्नेछ । दोस्रो खेल चैत्र २० मा बरोडासँग खेल्नेछ । चैत्र २१ गुजरातसँग खेल्नेछ । त्यस्तै सिरिजको अन्तिम खेल चैत्र २३ मा बरोडासँग खेल्नेछ । फाइनल चैत्र २५ हुनेछ । सिरिजमा शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।

नेपालको टोली

रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल शाह, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जि.सी, अभिनाश बोहरा र आकाश चन्द ।

नेपाली क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय