+

एनएनआईपीए स्पोर्ट्स अवार्डमा दीपक र सुष्मा सर्वोत्कृष्ट

२०८० चैत  १२ गते १७:१७ २०८० चैत १२ गते १७:१७
एनएनआईपीए स्पोर्ट्स अवार्डमा दीपक र सुष्मा सर्वोत्कृष्ट

१२ चैत, काठमाडौं । राष्ट्रिय फुटबल टिमका कप्तान किरणकुमार लिम्बु, क्रिकेट टिमका कप्तान रोहित पौडेलसहित ३६ जना खेलाडी सम्मानित भएका छन् ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपीए)ले वर्ष २०७९ को उत्कृष्ट खेलाडीका रुपमा उनीहरुलाई सम्मान गरेको हो ।

सोमबार काठमाडौंको शंखमुलमा आयोजित समारोहमा संघले नवौं राष्ट्रिय खेलकुदमा समावेश ३६ खेलका उत्कृष्ट एक/एक जना खेलाडीलाई सम्मान गरेको हो ।

सम्मानित सबै खेलाडीले नगद १० हजार रुपैयाँ पाएका छन् । संघले हरेक वर्ष एनएनआईपीए स्पोर्टस अवार्ड अन्तर्गत राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट मान्यता पाएका प्रत्येक खेलको एक उत्कृष्ट खेलाडीलाई सम्मान गर्दै आएको छ ।

यसैगरी उत्कृष्ट खेलाडीहरुमध्येबाट एथ्लेटिक्सका दीपक अधिकारी र बक्सिङकी सुष्मा तामाङ वर्षको सर्वोत्कृष्ट खेलाडी घोषित भए । दुवैले १-१ लाख प्राप्त गरे ।

संघले सोमबार नै भारोत्तोलनका दुर्गामान तामाङलाई पारा एथ्लेट सम्मान, टेबल टेनिसका धर्ममान बज्राचार्यलाई गजराज आर्दश खेल व्यक्तित्व सम्मान प्रदान गरेको छ । उनीहरुले क्रमशः १५ हजार र ३५ हजार रुपैयाँ प्राप्त गरे ।

वर्ष २०७९ का उत्कृष्ट खेलाडी पुरस्कार पाउनेहरु

पार्सदा आचार्य (आर्चरी), दीपक अधिकारी (एथ्लेटिक्स), प्रिन्स दाहाल (ब्याटमिन्टन), अनुषा मल्ल (बास्केटबल), सुष्मा तामाङ (बक्सिङ), असिमबाबु गुरुङ (बडिविल्डङ), रुपेश जैसवाल (चेस), रोहितकुमार पौडेल (क्रिकेट), सुरज राना मगर (साइक्लिङ), शिक्षा नापित (फेन्सिङ), किरणकुमार लिम्बु (फुटबल), सन्देश मानन्धर (फुल कन्ट्रयाक कराते), सुवास तामाङ (गल्फ), राजु राई (जिम्न्यास्टिक), शान्तिकला राई ( ह्यान्डबल), महेश धानी (हक्की), रुविका खड्का (आईटीएफ तेक्वान्दो), देवकीमाया श्रेष्ठ (जुडो), अनुजा कुलुङ राई (कबड्डी), विजय श्रेष्ठ (कराते), सरस्वती कठायत (खो खो), सलोनी तामाङ (लङ टेनिस), रीता श्रेष्ठ थापा (प्याराग्लाइडिङ), निरोज कार्की (रग्बी), उषा महर्जन (सेपाकताक्रो), अमृत थापा मगर (स्क्वास), सुजन रानामगर (सुटिङ), युकेश योञ्जन (सफ्ट टेनिस), डुवाना लामा (पौडी), स्यान्टु श्रेष्ठ (टेबल टेनिस), काजल श्रेष्ठ (तेक्वान्दो), श्रेबी महर्जन (ट्रायथलन), रविन चन्द (भलिबल), जुनमाया छन्त्याल (भारोत्तलन), समन गुर्सी (उसु) र सुरेश चुनारा (रेस्लिङ) ।

राष्ट्रिय फुटबल टिम
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय