चीनमा सुनमायाले जितिन् गोल्डेन कोस्ट ट्रेल रेस उपाधि
२०८० चैत १८ गते २२:१४
१८ चैत, काठमाडौं । नेपाली अल्ट्रा धावक सुनमाया बुढाले चीनमा कीर्तिमानी समयसहित ट्रेस रेसको उपाधि जितेकी छन् ।
उनले आइतबार भएको वेनलिङ गोल्डेन कोस्ट ट्रेल रेस अन्तर्गत ७० किमी रेसको दूरी ७ घण्टा ६ मिनेट १७ सेकेण्डमा पूरा गर्दै उपाधि जितेकी हुन् ।
चीनमा हुने चुनौतीपूर्ण रेसमा सुनमायाले निकालेको समय रेसको कीर्तिमानी समय हो ।
यो रेस गोल्डेन ट्रेल रेस वर्ल्ड सिरिज २०२४ अन्तर्गतको रेस हो ।
सुनमायाले हङकङको आईटीआरए नेसनल लिगको उपाधि पनि जितेकी थिइन् । उनी १०० किलोमिटर अल्ट्रा रेसमा विश्वकै शीर्ष ८ अल्ट्रा रनर हुन् ।
यस वर्ष सुनमायाको स्पोनरसर समेत परिवर्तन भएको छ । यसअघि सुनमायालाई नर्थ फेस एसियाले प्रायोजन गरेको थियो भने हाल चीनको ठूलो स्पोर्ट्सवेयर ब्रान्ड कैलशा फुगोले प्रायोजन गरेको छ ।
टुर्नामेन्ट
ICC Men T20 World Cup 2024
West Indies A Tour to Nepal 2024
ACC Premier Cup 2024
IRELAND WOLVES TOUR OF NEPAL
Nepal Tri-Nation T20I Series (2024)
Nepal A VS Canada XI OD Series
2023–2027 ICC Cricket World Cup League 2
Nepal Vs Canada ODI Series
Aaha RARA Pokhara gold cup
ICC Under-19 Cricket World Cup 2024
Pm Cup Womens National Cricket Tournament
Nepal Super League
T20 World Cup Final Asia
Nepal Tri-Nation T20I Series
Asiacup 2023
एसीसी प्रिमियर कप
प्रतिक्रिया 4