+

लुटनलाई ५ गोल हान्दै म्यानचेष्टर सिटी शीर्ष स्थानमा

२०८१ वैशाख  २ गते ७:३७ २०८१ वैशाख २ गते ७:३७
लुटनलाई ५ गोल हान्दै म्यानचेष्टर सिटी शीर्ष स्थानमा

२ वैशाख, काठमाडौं । म्यानचेष्टर सिटीले प्रिमियर लिगमा शनिबार लुटन टाउनलाई ५-१ ले पराजित गरेको छ । सानदार जितपछि सिटी अंकतालिकामा शीर्ष स्थानमा उक्लेको छ ।

खेलको दोस्रो मिनेटमै लुटनका दाइकी हाशिओकाले आत्मघाती गोल गरेपछि सिटीले अग्रता लिएको थियो । त्यसपछि सिटीले दोस्रो हाफमा चार गोल थप्यो ।

माटेओ कोभासिसले ६४औं, एर्लिङ हालान्डले ७६औं, जेरेमी डोकुले ८७औं र जस्को गार्भिओलले इन्जुरी टाइममा गोल गरे । लुटनका लागि रोस बार्केले ८१औं मिनेटमा एक गोल फर्काए ।

जितपछि ३२ खेलबाट सिटीले ७३ अंक जोडेको छ । एक खेल बढी खेलेको सिटीले आर्सनल र लिभरपुललाई २ अंकले पछि पारेको छ ।

लिगकै अन्य खेलमा न्युक्यासल युनाइटेडले टोटनहमलाई ४-० ले पराजित गरेको छ भने ब्रेन्टफवर्डले शेफिल्ड युनाइटेडलाई २-० ले हरायो ।

यस्तै म्यानचेष्टर युनाइटेड र बर्नमाउथ तथा नटिङहम फरेस्ट र वल्भ्सले २-२ र बर्नले र ब्राइटनले १-१ को बराबरी खेलेका छन् ।

प्रिमियर लिग म्यानचेष्टर सिटी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय