२० वैशाख, ललितपुर । नेपाल लोकतान्त्रिक खेलकुद संघ स्थापना दिवसको अवसरमा आयोजना भएको नवौं गणेशमान सिंह स्मृति राष्ट्रिय रेटिङ्ग बुद्धिचाल प्रतियोगिताको उपाधि नेपाल च्याम्पियन फिडे मास्टर रुपेश जैशवालले जितेका छन्।
उनले फाइनलमा क्याण्डीडेट मास्टर मिलन लामासंगको क्लासिकलतर्फको पहिलो र दोस्रो खेल बराबरी खेलेका थिए। क्लासिकलमा १/१ को बराबरीले नतिजा नआएपछि खेल ट्राइबेकरमा धकेलिए । द्रुतगतिको ३/३ मिनेटको खेलमा सेतो र कालो गोटीको दुवै खेलका मिलनलाई पराजित गरी २-० को नतिजा हात पार्दै यामाहा सेलुटो २ लाख ५३ हजार बराबरको मोटरसाइकल हात पारे।
लामो समय पछि खेलमा फर्केका युवा खेलाडी मिलन लामाले लिग चरणमा उत्कृष्ट प्रदर्शन गरेर फाइनलसम्म स्थान बनाए पनि उपविजेतामै चित्त बुझाए । उनले नगद पुरस्कार ८० हजार पाए ।
अर्का फिडे मास्टर क्षितिज भण्डारी तेस्रो स्थानमा रहे । उनले नगद ५० हजार हात पार्न सफल भए । क्षितिजले तेस्रो स्थानको लागि भएको खेलमा यु- १६ का राष्ट्रिय विजेता पुरुषोत्तम सिलवाल लाई १.५-०.५ को सोझो सेटमा पन्छाएका थिए । चौंथो स्थानमा रहेका पुरुषोत्तमले नगद ३० हजार हात पारे।
नकआउटक बाहेक लिग तर्फमा पनि पुरस्कारको व्यवस्था गरिएको प्रतियोगितामा स्वीस लिग अनुसार नवौं चरणसम्म भएको खेलमा आयोजक क्लवका सजिन महर्जन प्रथम स्थान ओगटे । उनले नगद २५ हजार पाउन सफल भए भने दोस्रो हुन सफल भएका सर्लाहीका कमल श्रेष्ठले १५ हजार पुरस्कार हात पारे। तेस्रो स्थान हात पारेका निकेश कुशाथा १० हजार पाए।
कुल नगद पुरस्कार ६ लाख ३५ हजार भएको प्रतियोगितामा चौथो स्थानमा शैलेन्द्र कुमार न्यौपाने र झापाका राजन सुवेदी पाँचौमा रहे ।
छैटौंदेखि दशौंमा क्रमशः तनहुँका सविनचन्द्र घिमिरे, काठमाडौका राजेन्द्र बज्राचार्य , बद्रीलाल नेपाली ,सुदिप तामाङ र केशव श्रेष्ठ रहेका छन्।
महिलातर्फको उपाधि पूर्वमहिला राष्ट्रिय च्याम्पियन सिन्दिरा जोशीले हात पारिन् । उनले १० हजार नगद हात पारे। दोस्रो र तेस्रो स्थानमा मोरङकी शान्ति धिमाल र काठमाडौकि पूर्णिमा गुरुङ रहिन् ।
नेपाल लोकतान्त्रिक खेलकुद संघ र ललितपुर स्पोर्ट्स क्लबको संयुक्त आयोजनामा सञ्चालन भएको प्रतियोगितामा ४० जिल्लाका ११२ जना राष्ट्रिय शीर्ष खेलाडी सहभागी रहेको थियो।
लोकतान्त्रिक खेलकुदका अध्यक्ष देवेन्द्र शेरचनको सभापतित्वमा भएको थियो। समापन तथा पुरस्कार वितरण समारोहमा विजेता खेलाडीहरुलाई नेपाली काँग्रेस पार्टीका प्रवक्ता पुर्व अर्थमन्त्री डा. प्रकाश शरण महत, केन्द्रीय सदस्य एवं प्रदेश सभाषद् उर्मिला केसि नेपाल, बागमती प्रदेश उप नेता पूर्व मन्त्री रामकृष्ण चित्रकार, नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जन लगायतले पुरस्कार वितरण गरे।
आयोजक कमिटीको तर्फवाट संयोजक राजु ताम्राकारले जानकारी गराए अनुसार नेपाल बुद्धिचाल महासंघका पूर्वअध्यक्ष स्व.राजेशहरी जोशीलाई मनोरान्त र टेवलटेनिसका पूर्व राष्ट्रिय खेलाडी , प्रशिक्षक रमेशराज जोशीलाई पनि सम्मान गरेका छन् ।
उनले प्रतियोगिताको दशौं संस्करण २०८२ वैशाख महिनामा निरन्तर आयोजना हुने बताएका छन् ।
                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
प्रतिक्रिया 4