+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

फिल्म ‘जेलब्रेक’ टिमसँग प्रधानमन्त्रीले भने- जनयुद्धको कथा अझै गहिरो ढंगले आउन जरुरी छ

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २३ गते १२:१७

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादी सशस्त्र युद्धबारे गहिरो ढंगमा फिल्म बन्नुपर्ने बताएका छन् । निर्माण तयारीमा रहेको फिल्म ‘जेलब्रेक’को सन्दर्भलाई लिएर बालुवाटार पुगेका फिल्ममेकरको टिमसँगको भेटमा नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका बताएका हुन् ।

प्रधानमन्त्रीलाई भेट्न फिल्म निर्माता छविराज ओझा, निर्देशक ज्ञानेन्द्र देउजा, नेकपा (विप्लव समूह)की नेतृ उमा भुजेल र फिल्म लेखक विकास सुवेदी बालुवाटार पुगेका थिए । भेटमा दशक लामो सशस्त्र द्वन्द्वको घटनामाथि फिल्म बनाउन अनुसन्धान लेखनको काम चलिरहेकाले पार्टी अध्यक्ष समेत रहेका प्रचण्डलाई भेट्न आफूहरु त्यहाँ पुगेको सुवेदीले बताए ।

‘उहाँ जनयुद्धको कमाण्डर पनि भएकाले उहाँसँग जोडिएको कुरा हो यो,’ सुवेदीले भने, ‘त्यो घटनालाई उहाँले कसरी लिनुहुन्छ भन्ने बारेमा लेखकको रुपमा पनि बुझ्ने काम भयो ।’

आफूहरुको जिज्ञासाको जवाफमा प्रधानन्त्री प्रचण्डले माओवादी युद्धबारे गहिरो रुपमा कथा नआएको र आन्दोलनलाई गहनरुपमा नबुझिएको आफूले पाएको बताएका थिए । तत्कालीन माओवादी लडाकु समेत रहेकी उमा भुजेलले गोर्खा जेलब्रेकको घटनाबारे लेखेको पुस्तकमाथि दुई वर्षअघि निर्माता ओझाले फिल्म निर्माणको घोषणा गरेका थिए ।

यो फिल्मलाई देउजाले निर्देशन गर्ने कुरा छ । ‘यो फिल्मबारे डेढ वर्षदेखि अनुसन्धान चलिरहेको छ,’ सुवेदीले भने, ‘जतिसक्दो चाँडो बनाउने कुरा छ ।’ फिल्मलाई सफ्टपावरको रुपमा विकास गर्नुपर्ने भनेर आफूले प्रधानमन्त्रीसँग धारणा राखेको पनि सुवेदीले बताए । भेटमा आगामी फिल्म ‘पुजार सार्की’को पनि सन्दर्भ उठाएको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?