+

नेपालले आज इंग्ल्याण्ड सी सँग खेल्दै

२०८१ वैशाख  २४ गते १२:१९ २०८१ वैशाख २४ गते १२:१९
नेपालले आज इंग्ल्याण्ड सी सँग खेल्दै

२४ वैशाख, काठमाडौं । इंग्ल्याण्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टिमले आज इंग्ल्याण्ड सी सँग मैत्रीपूर्ण खेल खेल्दैछ । नेपालले पहिलो पटक इंग्ल्याण्ड गएर त्यहाँको फुटबल टोलीसँग प्रतियोगिता खेल्न लागेको हो ।

खेल अल्डरसट टाउन एफसीको इबीबी रंगशालामा हुनेछ । खेल नेपाली समयअनुसार राति ८:४५ बजे सुरु  हुने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । यसअघि शनिबार नेपालले ब्रिटिस आर्मीसँग खेलेको मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकिएको थियो ।

इंग्लयाण्ड सी टिममा त्यहाँको नन लिग खेल्ने क्लबहरुका खेलाडी समावेश छन् ।

फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको खेल खेलिरहेको नेपाली टोली बाँकी २ खेलको तयारी स्वरुप इंग्ल्याण्ड गएको हो ।

समूह एचमा रहेको नेपालले जेठ अन्तिममा युएईसँग घरेलु मैदान र यमनसँग अवे मैदानमा खेल्ने तालिका छ ।

समूहको चारवटै खेलमा पराजित भएको नेपाल विश्वकपक छनोटको अर्को चरणमा पुग्ने सम्भावना सकिइसकेको छ । यद्यपि, नेपालले एसियन कप छनोटको तेस्रो चरण भने खेल्न पाउनेछ ।

पहिलो पटक बेलायत गएर खेल्न लागेको नेपाली टोली नतिजाभन्दा पनि त्यहाँको आधुनिक फुटबल र फुटबल संस्कृति सिक्न उत्सुक छ ।

इंग्ल्याण्ड जानुअघि नेपाली टिमका कप्तान किरणकुमार लिम्बुले सधैं सुनिरहेको र टिभीमा हेरिरहेको इंग्ल्याण्डको फुटबललाई नजिकबाट हेर्न पाउने भन्दै उत्साही रहेको बताएका थिए ।

नेपाली टोलीले आइतबार लण्डनस्थित चर्चित वेम्बली स्टेडियममा गएर खेलसमेत हेरेको थियो ।

नेपाली टोली

गोलकिपर : किरणकुमार लिम्बु, अभिषेक बराल, विशाल सुनार

डिफेण्डर : छिरिङ लामा, सनिश श्रेष्ठ, अभिषेक लिम्बु, विशाल बस्नेत, विमल पाण्डे, सौभाग्य राई, योगेश गुरुङ, रोहित चन्द

मिडफिल्डर : फत्तेमान घले, मणिकुमार लामा, भरत खवास, उत्सव राई, मनिष डाँगी, लाकेन लिम्बु

फरवार्ड : दिनेश हेन्जन, अन्जन विष्ट, जिलेस्पीजंग कार्की, हिसुब थपलिया, समिर तामाङ, सञ्जीव विष्ट

अखिल नेपाल फुटबल संघ (एन्फा) इंग्ल्याण्ड सी फुटबल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय