२५ जेठ, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाल क्रिकेट संघ (क्यान)लाई अमेरिका र वेस्ट इन्डिजमा जारी टी– २० विश्वकप क्रिकेटमा नेपाली राष्ट्रिय टोलीको प्रदर्शनमा पूर्णरूपले केन्द्रित हुन ध्यानाकर्षण गराएको छ ।
‘विश्वकप क्रिकेटमा सहभागी नेपाली टोली प्रतियोगिताको तयारीमा पूर्णरूपले केन्द्रित भई उच्चस्तरीय प्रदर्शनका लागि आवश्यक प्रशिक्षण लगायतका कार्य गर्नुपर्ने समयमा नेपाली समाजको नाममा विभिन्न स्थानमा प्रतियोगिताको सम्मुख आयोजना भएका ‘मिट एन्ड ग्रिट’ कार्यक्रममा राष्ट्रिय टिमका खेलाडीहरूलाई सहभागी गराउनाले टिमको व्यावसायिकस्तरको विषयमा चासोका सन्दर्भमा राखेपको गम्भीर ध्याणाकर्षण भएको छ,’ राखेपअन्तर्गत खेलकुद विकास विभागका प्रमुख सरोजकुमार पोखरेलले क्यानलाई पठाएको पत्रमा भनिएको छ ।
राखेपले अन्य व्यक्ति तथा संस्थाले आयोजना गर्ने कुनै पनि खालका कार्यक्रममा सहभागी नहुन तथा आफ्नो खेलमा पूर्णरूपमा केन्द्रित हुन क्यानलाई निर्देशन दिएको छ ।
राखेपले नेपाली इतिहासमै दोस्रो पटक विश्वकपमा सहभागी भएको टिमलाई जारी प्रतियोगितामा उच्च खेल प्रदर्शनका लागि शुभकामना पनि व्यक्त गरेको छ ।
                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
प्रतिक्रिया 4