+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

नेपाल मोबाइल व्यावसायी महासंघको अध्यक्षमा भट्टराई निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २६ गते १४:३२

२६ जेठ, काठमाडौ । नेपाल मोबाइल ब्यवसायी महासंघको अध्यक्ष पदमा भरत भट्टराई निर्वाचित भएका छन्।

शुक्रबार काठमाडौमा सम्पन्न दोस्रो महाधिवेशनबाट भट्टराईको नेतृत्वमा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति निर्वाचित भएको हो ।

महाधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा सोभित प्रसाईं, उपाध्यक्षमा छतेन्द्र आचार्य तथा महासचिवमा सन्तोष घिमिरे निर्वाचित भएका छन्।

यसैगरी सचिव पदमा डिल्लीबहादुर तामाङ, कोषाध्यक्षमा श्यामसुन्दर नगरकोटी, सहकोषाध्यक्षमा लबकृष्ण श्रेष्ठ तथा वरिष्ठ सदस्यमा अनुपमा केसी निर्वाचित भएको निर्वाचन समितिका संयोजक अधिवक्ता सन्तोष भण्डारीले जानकारी दिए । महासंघको बिधानमा पदाधिकारी र सदस्य गरि ४९ जना रहने ब्यवस्था छ।

महाधिवेशनबाट ब्यवसायीले मोबाइल बिक्री गर्दा प्राप्त गर्ने मार्जिन बढाउनु पर्ने, ग्रे मोबाइलको कारोबार रोक्नु पर्ने, चोरीको मोबाइल मर्मतका समयमा ब्यवसायीसम्म पुग्दा ब्यवसायीहरुले प्रहरी प्रसासनबाट भोग्दै आएको झमेला अन्त्य गरिनु पर्ने तथा सेकेन्ड ह्यान्ड मोबाइलको कारोबारलाई नीति बनाएरै ब्यवस्थित बनाउन सरकारलाई दवाब दिनेसहितका एजेन्डा पारित गराएको नवनिर्वाचित अध्यक्ष भट्टराईले जानकारी दिए ।

महाधिवेशनमा देशभरबाट गरि करीब एक हजार प्रतिनिधी सहभागी भएको नवनिर्वाचित उपाध्यक्ष आचार्यले जानकारी दिए । महासंघको हालसम्म सात प्रदेश र ५८ जिल्लामा शाखा विस्तार भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?