+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

त्रिवि प्राध्यापक संघको चुनाव साउनभित्र गर्ने सहमति

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ९ गते १३:०१

९ असार, काठमाडौं । त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघको निर्वाचन साउनभित्र गर्ने सहमति भएको छ ।

७ र ८ असारमा तोकिएको दोस्रो पटकको चुनाव पनि प्रतिनिधि छनोट विवादका कारण स्थगित भएपछि शनिबार निर्वाचन समिति र आन्दोलनरत पक्षबीच छलफल भएको थियो ।

सो छलफललले असारभित्र प्रतिनिधि छनोटको विवाद टुंग्याउने र साउनभित्र चुनाव गर्ने सहमति गरेको हो ।

शनिबार आन्दोलनरत प्राध्यापक तथा निर्वाचन समितिबीच भएको वार्तामा प्रतिनिधि छनोटमा विवाद भएका विश्वविद्यालय क्याम्पस कीर्तिपुर, त्रिचन्द्र लगायतको क्याम्पसमा विधान अनुसार प्रक्रिया पुर्‍याएर प्रतिनिधि पठाउन लगाउने, अन्य इकाइहरुको प्रतिनिधि छनोट पनि विधान अनुसार भएको वा नभएको हेर्ने र विवादित देखिए त्रिवि प्राध्यापक संघ केन्द्रीय समिति र निर्वाचन समितिले विधान अनुसार टुंगो लगाउने सहमति भएको छ ।

साउनको पहिलो हप्ता नामावली प्रकाशन गर्ने र चुनावको कार्यक्रम तय गरेर निर्वाचनको लागि जिल्लागत केन्द्र (बहु निर्वाचन केन्द्र) कायम गरी साउनभित्र चुनाव सक्ने सहमति भएको छलफलका एक सहभागीले बताए ।

सहमतिपछि प्रजातन्त्रवादी प्राध्यापक संघका महासचिव राजेन्द्र गौतमको नेतृत्वको समूहले विभिन्न क्याम्पसमा लगाएको ताला खोलेका छन् ।

९ मंसिर २०८० मा पनि प्रतिनिधि छनोटलाई लिएर विवाद भएपछि चुनाव स्थगित गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?