+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

कार्टुन्ज क्रूको वेब सिरिज ‘स्वस्तानी भर्सेस ग्याङ’ युट्युबमा रिलिज

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १० गते ११:३७

काठमाडौं । कार्टुन्ज क्रूको प्रस्तुतिमा वेब सिरिज ‘स्वस्तानी भर्सेस ग्याङ’ सार्वजनिक भएको छ । ‘द कार्टुन्ज क्रू’ युट्युब च्यानलमा सिरिजको पहिलो एपिसोड रिलिज गरिएको हो ।

सरोज अधिकारीको निर्देशन रहेको सिरिजमा आश्मा विश्वकर्मा, सरोज अधिकारी, लक्ष्मी गिरी, प्रताप दास, विजय अधिकारी, जिवेश सिंह गुरुङ, अभिप्सा खनाल, सोनिया लामा, निकलोस अर्याल, मानस श्रेष्ठ, अस्मिता खनाल, रोशनी कार्की  लगायतका कलाकारको अभिनय छ ।

यो वेब सिरिजलाई सरोज र सागर खनालले मिलेर निर्माण गरेका हुन् । सिरिजको कार्यकारी निर्माता विजय अधिकारी बन्नी हुन् ।

सिरिजको पहिलो एपिसोडमा प्रताप र आश्माको ‘लभ इन्ट्रेस्ट’लाई प्रस्तुत गरिएको छ । सिरिजको शीर्ष भूमिका स्वस्तानीमा आश्माले अभिनय गरेकी छन् । एउटा मोबाइल वरपर केन्द्रित कथावस्तुमा सिरिज बनेको छ । सिरिजमा कुल १० एपिसोड हुनेछ ।

विभिन्न सोच भएका युवापुस्ताका पात्रहरु सिर्जना गरिएको सिरिजको कथा र पटकथा सरोज र सागरले मिलेर लेखेका हुन् । वेब सिरिजमा संकल भुजेलको छायांकन र सागर खनालको सम्पादन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?