+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

श्रद्धा कपुर र राजकुमार रावको ‘स्त्री २’ टिजर : चन्देरीमा आतंक

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १२ गते १२:०७

काठमाडौं । सन् २०१८ मा रिलिज भएको श्रद्धा कपुर, राजकुमार राव, पंकज त्रिपाठी, अभिषेक बनर्जी र अपारशक्ति खुराना अभिनित हरर कमेडी फिल्मले बक्स अफिसमा धमाका मच्चाएको थियो । फिल्म हेर्ने हरकोही दर्शकले यसको सिक्वेलको माग गरेका थिए ।

निर्माताले त्यसपछि ‘स्त्री २’ को घोषणा गरे । अब मेडोक फिल्म्सले आफ्नो हरर युनिभर्सलाई अगाडि बढाउँदै ‘स्त्री २’ को टिजर सार्वजनिक गरेको छ ।

टिजर हेर्दा लाग्छ यो पटक चन्देरीमा ‘स्त्री’को आतंक देख्न पाइने छ । करिब एक मिनेट लामो टिजरले भरपुर सस्पेन्स र डर पैदा गर्छ ।

फिल्मको टिजरको सुरुवातमा ‘स्त्री भोलि आऊ होइन, स्त्री रक्षा गर’ लाई जोड दिइएको छ । टिजरको सुरुवातमा राजकुमार राव, पंकज त्रिपाठी, अभिषेक बनर्जी र अपारशक्ति खुरानजा एक साथ देखिन्छन्, उनीहरु निकै डराएका देखिन्छन् ।

राजकुमार रावले आफ्नो इन्स्टाग्रामबाट टिजर सार्वजनिक गर्दै पोस्ट गरेका छन्, ‘यस पटक चन्देरीमा स्वतन्त्रताका दिन हुनेछ आतंक ।’

‘स्त्री २’ लाई अमर कौशिकले निर्देशन गरेका छन् भने दिनेश विज्ञान निर्माता हुन् । फिल्मलाई आगामी १५ अगस्टमा रिलिज गर्ने तयारी छ ।

 

View this post on Instagram

 

A post shared by Maddock Films (@maddockfilms)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?