+
+
WC Series
पोखरा एभेन्जर्स 2025
152/11 (20)
VS
० बलमा १४ रन आवश्यक
काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

आरम्भ कलेजमा ‘आरम्भ इन्नोभेसन हब’ उद्घाटन

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २३ गते १३:५७

काठमाडौं । चितवनमा रहेको आरम्भ कलेजमा ‘आरम्भ इन्नोभेसन हब’ उद्घाटन गरिएको छ । आइतबार एक समारोहबीच सेफ सन्तोष शाह र आइडिया स्टुडियोका संस्थापक डा. छिरिङ लामाले इन्नोभेसन हबको उद्घाटन गरेका हुन् ।

जापानी कम्पनी फोर्थ भ्याली कन्सियर्स र नेपाली संस्था आइडिया स्टुडियो लिड एक्स नेपालको सहयोगमा आरम्भ कलेजमा उक्त हब स्थापना गरिएको कलेजले जनाएको छ ।

सोचदेखि उद्योगसम्म भन्ने नारा बोकेको आइडिया स्टुडियोले नीति, ज्ञान र अभयासमा सहयोग गर्दै आएको छ । आइडिया स्टुडियो र लिड एक्स नेपालले युवाहरुलाई अन्तर्राष्ट्रिय स्तरमा उद्यमशीलताको अवसरहरु खोज्न सिकाउने र सघाउने काम गर्दै आएको छ ।

फोर्थ भ्याली कन्सियर्सले अन्तर्राष्ट्रिय स्तरमा प्रविधिको पहुँच र व्यक्तिगत पहुँचमा सहयोग गर्छ । यसको अन्तर्राष्ट्रिय सञ्जाल १ सय  देशमा फैलिएको छ ।

आरम्भ कलेजका प्रिन्सिपल सुरज शिवाकोटीले आरम्भ इन्नोभेसन हबमा विद्यार्थीहरूको नवीन सोचलाई आकार दिने काम हुने बताए ।

‘इन्नोभेसन हबले स्टार्टअप कल्चर, उद्यमशीलताको विकास र विदार्थीहरूको व्यक्तिगत विकासमा सहयोग गर्छ,’ शिवाकोटीले भने, ‘ पहिलो वर्ष १०, दोस्रो वर्ष २०, तेस्रो वर्ष ३० र चौथो वर्ष ५० जना विद्यार्थीले आफ्नै व्यवसायको विकास, कम्पनीको विकास गरी त्यसको प्रमुख भएर काम गर्ने वातावरण बनाउने उद्देश्य लिएका छौं ।’

सेफ सन्तोष शाहले  कलेजका विद्यार्थीहरूसँग अन्तरक्रिया समेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?