+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
147/6 (20)
VS
६० बलमा २१ रन आवश्यक
विराटनगर किंग्स 2025
127/2 (9.6)
Shares

गोरखामा माछापोखरीमा डुबेर पालुङटारका एक किशोरको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ३० गते १९:३२

३० असार, गोरखा। पालुङटार नगरपालिका-६ कालामाटामा रहेको माछापोखरीमा डुबेर एक किशोरको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही स्थानका १७ बर्षीय विपिन नेपाली रहेको प्रहरीले जनाएको छ ।

आइतबार साथीहरुसँग पोखरीमा पौडी खेल्ने क्रममा डुवेर उनको मृत्यु भएको प्रहरी नायव उपरीक्षक रमेशकुमार श्रेष्ठले बताए । ‘उनी र उनका चार जना साथी मिलेर पौडी खेल्न गएछन्,’ उनले भने, ‘त्यही क्रममा डुवेर नेपालीको मृत्यु भएछ ।’

नेपालीको शव पोष्टमार्टमका लागि गोरखा अस्पताल ल्याइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?