+
+

यूएईविरुद्ध सम्झनाको महत्वपूर्ण अर्धशतक

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ४ गते १७:१७

४ साउन, काठमाडौं – युवा ओपनर सम्झना खड्काले एसीसी वुमन्स एसिया कपमा यूएईविरुद्ध आफ्नो अन्तर्राष्ट्रिय क्रिकेट करिअरको पहिलो अर्धशतक प्रहार गरेकी छिन् । ११६ रनको लक्ष्य पछ्याएको नेपालले १३ ओभरमा ३ विकेट गुमाउँदै ८७ रन बनाएको छ । सम्झनाले ३५ बलमा अर्धशतक पूरा गरेकी हुन् । उनी ८ चौकासहित ५० रनमा क्रिजमा छिन् ।

उनी नेपालबाट महिला टी२० आईमा अर्धशतक पूरा गर्ने पाँचौं खेलाडी हुन् । यसअघि नेपालबाट रुविना क्षेत्री, सीता रानामगर, इन्दु बर्मा र पूजा महतोले अर्धशतक पूरा गरेका थिए । समग्रमा दोस्रो छिटो टी२० अर्धशतक पूरा गर्ने नेपाली खेलाडी बनेकी छिन् ।

यसअघि महिला टी-२० आईमा नेपालबाट पूजा महतोले गत सेप्टेम्बरमा एसीसी प्रिमियर कपमा माल्दिभ्सविरुद्ध ३३ बलमा अर्धशतक प्रहार गरेकी थिइन् । त्यसै खेलमा रुविना क्षेत्रीले ३५ बलमा अर्धशतक पूरा गरेकी थिइन् ।

सन् २०२१ मा इन्दु बर्माले कतारविरुद्ध पहिलो टी–२० आई खेलमा ४५ बलमा अर्धशतक प्रहार गरेकी थिइन् । त्यसै सिरिजमा कतारविरुद्ध दोस्रो खेलमा रुविना र तेस्रो खेलमा सीताले समान ४७ बलमा अर्धशतक प्रहार गरेका थिइन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?