 
																			२२ साउन, काठमाडौं । बेलायतका विभिन्न शहरमा भइरहेको प्रदर्शन र हुलदंगा चलिरहेको हुँदा त्यस्तो स्थानमा नजान बेलायतस्थित नेपाली राजदूतावासले अनुरोध गरेको छ ।
मंगलबार अपिल जारी गर्दै बेलायतमा रहेका र बेलायत भ्रमण गर्न लागेका नेपाली नागरिकलाई त्यस्तो स्थानमा नजान आग्रह गरेको हो ।
राजदूतावासले आवश्यक सुरक्षा सतर्कता अपनाउन र सुरक्षा निकायले जारी गरेका सूचनाहरूको पालना गर्न अनुरोध पनि गरेको छ ।
साथै बेलायतस्थित नेपाली संघ संगठनहरूलाई सुरक्षा सतर्कता अपनाउने सम्बन्धमा आफ्ना सदस्यहरूलाई जानकारी गराउन अनुरोध गरेको छ ।
गत हप्ता बेलायतको साउथपोर्ट नगरमा तीनजना बालिकाको छुरी हानेर हत्या गरिएको घटनापछि देशका विभिन्न भागमा हिंसात्मक प्रदर्शन भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4