
१३ भदौ, जनकपुरधाम । सर्लाहीबाट सशस्त्र प्रहरीले ठूलो मात्रामा विस्फोटक पदार्थ पटाका बरामद गरेको छ ।
मलंगवा नगरपालिका–४ स्थित गणेशिया चौर चिम्नी नजिकैको दुई कोठे टिनको कच्ची टहरामा बुधबार साँझ शंका लागेर चेकजाँच गर्दा ठूलो परिमाणमा पटाका बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरी प्रबल नेपाल, १० नम्बर गण हेड क्वाटर सर्लाहीबाट खटिएको १० जनाको मोबाइल गस्ती टोलीले उक्त पटाका बरामद गरेको हो । बरामद गरिएको पटाका करिब २७ लाख ७७ हजार ५५२ रुपैयाँ बराबरको रहेको अनुमान गरिएको छ ।
पटाका बरामद घटनामा आवश्य कारबाही प्रक्रिया अघि बढाइएको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4