१३ भदौ, काठमाडौं । भारतमा हुने लेजेण्ड्स क्रिकेट लिगमा नेपालका क्रिकेटर पारस खड्काले गुजरात टिमबाट खेल्ने भएका छन् ।
बिहीबार भएको अक्सनमा उनलाई गुजरात टिमले साढे १२ लाख भारुको बोली लगाएको हो ।
सक्रिय खेल जीवनबाट अवकाश लिएका खेलाडीहरुले खेल्ने लिजेण्ड्स क्रिकेट लिगमा चारवटा फ्रेन्चाइज क्लबहरु छन् ।
जसमा इन्डिया क्यापिटल्स, गुजरात जाइन्टस्, भिलवारा किंग्स र मणिपाल टाइगर्स रहेका छन् । यो प्रतियोगिता आगामी नोभेम्बर र डिसेम्बरमा सञ्चालन हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4