News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल क्रिकेट संघले विविध प्राविधिक तथा बाह्य कारणले रोकिएको क्रिकेट प्रतियोगिता आगामी जेठ १० गतेदेखि सञ्चालन गर्ने घोषणा गरेको छ।
- क्यानका सचिव पारस खड्काले प्रतियोगिता नयाँ मिति तय भएको र सबै खेलाडीहरू उपलब्ध हुने विश्वास लिएको जानकारी दिनुभयो।
- प्रतियोगिता मे २३ बाट सुरु गर्ने निर्णय आयोजक टोली, जिल्ला तथा प्रादेशिक क्रिकेट संघ र क्यानबीचको समन्वयमा भएको छ।
२० वैशाख, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले विविध प्राविधिक तथा बाह्य कारणले रोकिएको क्रिकेट प्रतियोगिता आगामी जेठ १० गतेदेखि सञ्चालन गर्ने घोषणा गरेको छ ।
क्यानका सचिव पारस खड्का ले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिका कारण निर्धारित समयमा हुन नसकेको प्रतियोगिताको नयाँ मिति तय भएको जानकारी दिए ।
यसअघि तय गरिएको समयमा देशको असहज परिस्थिति, अन्तर्राष्ट्रिय संकट र आईसीसीको खेल तालिकामा आएको फेरबदलका कारण प्रतियोगिता सार्नुपरेको उनले स्पष्ट पारे ।
उनका अनुसार कतिपय खेलहरू पूर्वनिर्धारित समयभन्दा अघि सार्नुपर्ने र केहीलाई पछि धकेल्नुपर्ने बाध्यताले गर्दा प्रतियोगिता प्रभावित भएको थियो ।
प्रतियोगितामा खेलाडीहरूको उपलब्धता सुनिश्चित भएको र सम्बन्धित टिमहरूले आफ्ना खेलाडीहरूसँग सम्पर्क गरिसकेको जानकारी पनि उनले दिए । नयाँ तालिकाअनुसार सबै खेलाडीहरू खेलका लागि उपलब्ध हुने विश्वास क्यानले लिएको छ।
उनले भने, ‘नेपाल क्रिकेट संघले विगत ६–७ महिनादेखि नै आयोजकसँग समन्वय गरेर मिति तोक्ने प्रयास गरिरहेको थियो। अहिले आयोजक टोली, जिल्ला तथा प्रादेशिक क्रिकेट संघ र क्यानबीचको आपसी समन्वयमा आगामी मे २३ बाट प्रतियोगिता सुरु गर्ने निर्णय भएको छ।’
स्थानीय तहको लगानी, टिम मालिकहरूको आर्थिक योगदान र प्रायोजकहरूको विश्वासलाई मध्यनजर गर्दै प्रतियोगितालाई परिणाममुखी बनाउन क्यान प्रतिबद्ध रहेको बताइएको छ।
लामो समयको प्रतीक्षा र धैर्यताका लागि आयोजक, प्रायोजक र सरोकारवालाहरूलाई धन्यवाद दिँदै खड्काले यस पटकको प्रतियोगिता भव्य रूपमा सम्पन्न हुने विश्वास व्यक्त गरे।
प्रतिक्रिया 4