+

फुलहमलाई हराउँदै शीर्षस्थानको आर्सनलले बढायो अग्रता

२०८३ वैशाख  २० गते ८:२० २०८३ वैशाख २० गते ८:२०
फुलहमलाई हराउँदै शीर्षस्थानको आर्सनलले बढायो अग्रता

२० वैशाख, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा शीर्षस्थानको आर्सनलले फुलहमलाई ३–० ले पराजित गर्दै शीर्षस्थानमा आफ्नो अग्रता थप बलियो बनाएको छ ।

शनिबार राति एमिरेट्स रंगशालामा भएको खेलमा आर्सनलले पहिलो हाफमै तीन गोल गर्दै सहज जित निकालेको हो । भिक्टोर ग्योकेरेसले दुई तथा बुकायो साकाले एक गोल गरे ।

खेलको नवौं मिनेटमा साकाको पासमा ग्योकेरेसले गोल गर्दै आर्सनललाई अग्रता दिलाए । ४०औं मिनेटमा ग्योकेरेसकै पासमा साकाले उत्कृष्ट गोल थपे । पहिलो हाफको इन्जुरी समयमा ग्योकेरेसले दोस्रो व्यक्तिगत गोल गर्दै टोलीको जित पक्का गरे ।

यो जितसँगै आर्सनलले तालिकाको शीर्षस्थानमा दोस्रो स्थानको म्यान्चेस्टर सिटीसँग ६ अंकको अग्रता बनाएको छ ।

आर्सनलको ३५ खेलबाट ७६ अंक भएको छ । दुई खेल कम खेलेको सिटीको ७० अंक छ ।

सिटीले आज राति एभर्टनसँग अवे खेल खेल्दै छ ।

गएराति नै भएका अन्य खेलमा ब्रेन्टफोर्डले पनि वेस्ट ह्‍यामलाई ३-० ले पराजित गर्‍यो भने न्युकासलले ब्राइटनलाई ३-१ ले हरायो । यस्तै वुलभ्स र सन्डरल्यान्डले १-१ को बराबरी खेले ।

आर्सनल इंग्लिस प्रिमियर लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय