News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल बेसबल तथा सफ्टबल संघको दोस्रो राष्ट्रिय बेसबल ५ च्याम्पियनसिपमा बागमती र लुम्बिनी प्रदेशले समूह विजेता भएर सेमिफाइनलमा प्रवेश गरेका छन्।
- बागमती प्रदेशले गण्डकी प्रदेशलाई १९-३ र सुदूरपश्चिम प्रदेशले युनिभर्सिटी टोलीलाई १७-२ ले पराजित गरेको छ।
- मे ३ मा बागमती प्रदेश र कोशी प्रदेशबीच पहिलो सेमिफाइनल तथा लुम्बिनी प्रदेश र समूह 'ए' को उपविजेताबीच दोस्रो सेमिफाइनल खेलिनेछ।
१९ वैशाख, काठमाडौं । नेपाल बेसबल तथा सफ्टबल संघको आयोजनामा भइरहेको दोस्रो राष्ट्रिय बेसबल ५ च्याम्पियनसिपको दोस्रो दिनको खेलहरू सकिएसँगै सेमिफाइनलको समिकरण तयार भएको छ ।
डल्लुस्थित भूकम्प स्मृति बहुउद्देश्यीय कभर्ड हलमा भइरहेको प्रतियोगितामा आज भएका लिग चरणका खेलहरूमा साविक विजेता बागमती प्रदेश र लुम्बिनी प्रदेश आ-आफ्नो समूहको विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेका छन्।
आज बागमती प्रदेशले गण्डकी प्रदेशलाई १९-३ को फराकिलो अन्तरले पराजित गर्यो । सुदूरपश्चिम प्रदेशले युनिभर्सिटी टोलीलाई १७-२ ले हरायो ।
लुम्बिनी प्रदेशले कोशी प्रदेशमाथि ८-५ को कठिन जित निकाल्यो । मधेश प्रदेशले कर्णाली प्रदेशलाई २३-५ को विशाल अन्तरले पाखा लगायो ।
भोलि (मे ३) बिहान ११ बजेदेखि सेमिफाइनलका खेलहरू हुनेछन् । पहिलो सेमिफाइनलमा समूह ‘ए’ को विजेता बागमती प्रदेश र समूह ‘बी’ को उपविजेता कोशी प्रदेश भिड्नेछन् ।
दोस्रो सेमिफाइनलमा समूह ‘बी’ को विजेता लुम्बिनी प्रदेशले समूह ‘ए’ को उपविजेतासँग खेल्नेछ।
प्रतिक्रिया 4