+

बागमतीलाई राष्ट्रिय बेसबल फाइभ च्याम्पियनसिपको उपाधि

२०८३ वैशाख  २० गते २१:४९ २०८३ वैशाख २० गते २१:४९
बागमतीलाई राष्ट्रिय बेसबल फाइभ च्याम्पियनसिपको उपाधि

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दोस्रो राष्ट्रिय बेसबल फाइभ च्याम्पियनसिपको उपाधि बागमती प्रदेशले जितेको छ।
  • फाइनलमा बागमतीले सुदूरपश्चिमलाई १४–८ ले हराउँदै लगातार दोस्रो पटक उपाधि रक्षा गरेको हो।
  • प्रतियोगितामा सात प्रदेश र विश्वविद्यालय गरी आठ टोली सहभागी थिए र बागमतीले ३० हजार रुपैयाँ पुरस्कार पाएको छ।

२० वैशाख, काठमाडौं । दोस्रो राष्ट्रिय बेसबल फाइभ च्याम्पियनसिपका उपाधि बागमती प्रदेशले जितेको छ । डल्लुस्थित भूकम्प स्मृति बहुउद्देश्यीय कभर्ड हलमा आइतबार भएको फाइनलमा बागमतीले सुदूरपश्चिमलाई १४–८ ले हरायो ।

साविक विजेता समेत रहेको बागमतीले लगातार दोस्रो पटक च्याम्पियन बन्दै उपाधि रक्षा गरेको हो । त्यसअघि सेमिफाइनलमा बागमतीले कोशी प्रदेश तथा सुदूरपश्चिमले लुम्बिनी प्रदेशलाई पराजित गर्दै फाइनल पुगेका थिए । यस्तै प्रतियोगितामा लुम्बिनी तेस्रो भयो ।

प्रतियोगितामा सात प्रदेश र विश्वविद्यालय समेत गरी ८ टोलीको सहभागिता रहेको आयोजक कमिटीका संयोजक तथा नेपाल बेसबल तथा सफ्ट बल सघका उपाध्यक्ष सुरेन्द्र थपलियाले जानकारी दिए ।

प्रतियोगिताको उपाधि विजेता बागमतीले ३० हजार, उपविजेता सुदूरपश्चिमले २० तथा तेस्रो भएको लुम्बिनीलले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । यस्तै चौथो भएको कोशी प्रदेशले सान्त्वना पुरस्कार स्वरूप १० हजार रुपैयाँ पुरस्कार पायो । सो पुरस्कार संघकी सदस्य सुनिता थापाले व्यक्तिगत रूपमा प्रायोजन गरेकी हुन् ।

च्याम्पियन बागमतीका दीपेश माझी उत्कृष्ट खेलाडी घोषित भए ।

राष्ट्रिय बेसबल फाइभ च्याम्पियनसिप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय