+
+
WC Series
पोखरा एभेन्जर्स 2025
28/2 (4.4)
VS
९२ बलमा १३८ रन आवश्यक
काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

गौरा पर्वमा नाराबाजी गर्ने ३ जना धरौटीमा रिहा

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १४ गते १८:५४
फाइल तस्वीर

१४ भदौ, काठमाडौं। काठमाडौंको टुँडीखेलमा आयोजना गरेको गौरा पर्वमा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाविरूद्ध नाराबाजी गर्ने ३ जना युवाहरू धरौटीमा छुटेका छन् ।

कन्चनपुरका दीपक सिंह ठगुन्ना, सुर्खेतका बुद्धराम भनिने गोपिकृष्ण जैसी र अछामका रामबहादुर बुढा जनही ९/९ हजार धरौटीमा रिहा भएका हुन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंको आदेशपछि उनीहरू धरौटी बुझाएर रिहा भएका हुन् ।

भदौ १० गते टुँडीखेलमा गौरा पर्व मनाउने क्रममा प्रधानमन्त्री केपी ओली शर्मा, शेरबहादुर देउवालगायत नेताविरुद्ध उनीहरूले नाराबाजी गरेका थिए । नाराबाजी गरेको आरोपमा उनीहरुलाई सार्वजनिक शान्ति विरुद्दको कसुरमा मुद्दा चलाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?