+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

काठमाडौंमा सहकारी पीडितको प्रदर्शन (तस्वीरहरू)

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८१ भदौ १६ गते १६:४०

१६ भदौ, काठमाडौं । सहकारी पीडितहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् ।

विभिन्न सहकारीबाट ठगिएका बचतकर्ताहरू काठमाडौंको शान्तिवाटीकामा भेला भएर प्रदर्शनमा उत्रिएका हुन् ।

उनीहरूले सहकारी ठगि गर्ने संस्था र संस्कार अध्यक्षको तस्वीरहरू ब्यानरमा राखेर काठमाडौंको मुख्‍य सडकमा प्रदर्शन गरेका हुन् ।

सहकारी पीडितले आफ्नो पीडाहरू ब्यानरमा लेखेर प्रदर्शन गरेका हुन् । उनीहरूले ‘मेरो छोराछोरी पढ्ने पैसा सहकारी छ’, ‘सहकारी पीडितको घरमा भात तिहुन पाक्दैन, सुशासनको कुरा गरेर सरकार कहिल्‍यै थाक्दैन, ‘सहकारी ठगहरू मुर्दावाद, गरिबको खुन पसिनाको कमाइ सहकारीले खाइदियो लुटेर, श्राप लाग्नेछ तिमीहरूलाई निमुखाको मुखु कलेजो नखाऊ भुटेर’लगायतका ब्यानर बोकेका थिए ।

झमझम झरी परिरहँदा पनि सहकारी पीडितहरू भने काँखे बालक च्यापेर पानीमा रुझ्दै प्रदर्शनमा सहभागी भएका थिए । उनीहरूले एक हातमा बच्चा र अर्को हातमा ब्यानर बोकेका थिए ।

हेर्नुहोस् तस्वीरहरू : 

लेखक
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?