 
																			४ असोज, काठमाडौं । सहकारीको रकम अपचलनबारे छानबिन गर्न बनेको संसदीय विशेष समितिले शुक्रबार सार्वजनिक गरेको प्रतिवेदनमा गोरखा मिडिया प्रालिका तत्कालीन सेयर होल्डर तथा पूर्वडीआईजी छविलाल जोशीले सहकारीको रकमबारे आफू जानकार नभएको दाबी गर्दै बयान दिएका छन् ।
‘जीबी राई संलग्न कुनै पनि सहकारीबाट कुनै रकम लिएको छैन,’ जोशीले बयान दिएका थिए । त्यसैगरी जोशीले सेयर बापत कुनै रकम नदिएको पनि बयानमा बताएका छन् ।
‘४ लाख २० हजार कित्ता सेयर तपाईंको नाममा देखिन्छ । पूर्वडीआईजी जस्तो मान्छेले कम्पनी रजिस्ट्रारको कार्यालयमा सेयर लगत कायम गराउने गरी भएको कम्पनीको माइन्युटमा किन हस्ताक्षर गर्नुभयो ?’ भनेर सोधिएको प्रश्नमा जोशीले ‘सबै कुरा जीबीले मिलाएको’ जवाफ दिएका छन् ।
जोशीले भनेका छन्, ‘गलत काम गर्नुहुन्न भन्ने जानकारी मलाई छ । सेयर बापत मैले कुनै रकम दिएको छैन । यस विषयमा मलाई जानकारी भएन । जीबी राईले आफैं मिलाउनुभएको हो ।’
त्यसैगरी रकमबारे गोरखा मिडियामा छलफल पनि नभएको उनको भनाइ छ ।
‘रवि लामिछाने सेयर होल्डर र म्यानेजिङ डाइरेक्टर भएर ग्यालेक्सी फोरके टेलिभिजनमा सर्वेसर्वा हुनुभयो । यो रकम कुन प्रयोजनका लागि कसरी आयो भन्ने विषय बोर्डको मिटिङ, माइन्युट र सरसल्लाह केही भएन,’ जोशीले बयानमा भनेका छन् ।
बयानको पूर्णपाठ :
 
  
  
  
  
  
  
  
  
  
  
 
 
                









 
                     
                                 
 
 
 
 
 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4