+
+

रवि लामिछानेले गोर्खा मिडियामा बुझ्थे ६ लाखभन्दा बढी तलब, वर्षमा ७४ लाख

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ४ गते १५:०६

४ असोज, काठमाडौं । गोर्खा मिडिया प्रालिका सञ्चालक तथा प्रबन्ध निर्देशक रवि लामिछानेले कम्पनीबाट डेढ वर्षको अवधि (१८ महिना)मा एक करोडभन्दा बढी तलब बुझेको भेटिएको छ ।

सहकारीको बचत रकम दुरुपयोगसम्बन्धी विशेष छानबिन प्रतिवेदनले लामिछानेले दुई आर्थिक वर्षमा गरी कुल एक करोड ४ लाख ३६ हजार रुपैयाँ तलबका रुपमा बुझेको खुलासा गरेको हो ।

आर्थिक वर्ष २०७७/७८ मा लामिछानेले गोर्खा मिडियाबाट ३० लाख रुपैयाँ तलब बुझेका थिए । आर्थिक वर्ष २०७८/७९ मा भने उनले ७४ लाख ३६ हजार ५८७ रुपैयाँ तलब लिएका थिए ।

उनी१ माघ २०७७ देखि १ असार २०७९ सम्म गोर्खा मिडियामा आबद्ध थिए । यसअनुसार लामिछानेले मासिक करिब ६ लाख २० हजार रुपैयाँ तलब बुझेको देखिन्छ ।

रास्वपाका सहमहामन्त्री रहेका विपिनकुमार आचार्यले पनि यो अवधिमा गोर्खा मिडियाबाट ५३ लाख ५३ हजार १६६ रुपैयाँ तलब बुझेको प्रतिवेदनमा उल्लेख छ ।

मिडियाका अध्यक्ष गितेन्द्रबाबु राई (जीबी राई)ले आर्थिक वर्ष २०७८/७९मा ३० लाख रुपैयाँ तलबका रुपमा बुझेको विवरणमा उल्लेख छ ।

गोर्खा मिडियाले सञ्चालन अवधिमा १४ करोड ९३ लाख २२ हजार रुपैयाँ तलबकै रुपमा खर्च गरेको देखिएको छ ।

विभिन्न सहकारीबाट गोर्खा मिडियामा गैरकानुनी रुपमा आएको ६५ करोड रुपैयाँ अपचलन भएको ठहर गर्दै हाल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका रवि लामिछानेमाथि समेत कारबाही गर्न संसदीय समतिको सो प्रतिवेदनले सिफारिस गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?