११ असोज, रौतहट । रौतहटको इशनाथ नगरपालिकामा श्रीमतीलाई आगो लगाएर हत्या गरेको आरोपमा प्रहरीले एकजना युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा इशनाथ नगरपालिका-२ औरैयाका २४ वर्षीय रोशन साह सोनार रहेका छन् । उनले २२ वर्षीया श्रीमती पिंकी देवीलाई मट्टितेल छर्केर आगो लगाएर शरीरमा खन्याएको प्रहरीको आरोप छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका उपरीक्षक दिलिप घिमिरेका अनुसार विश्वकर्मा पुजाका दिन खेतमा पानी हाल्ने पम्पको ट्याकींबाट मट्टितेल झिकेर आगो लगाएको र
श्रीमतीले गुहार मागेपछि ढोका खोलेर उल्टै बचाउने नाटक गरेका थिए ।
‘श्रीमतीलाई जलाएको आरोपमा हामीले कर्तव्य ज्यान मुद्धामा उनलाई कानूनी कारवाही अगाडी बढाएका छौं।” उपरीक्षक घिमिरेले भने, ‘गम्भीर घाइते महिलाको हिजो उपचारको क्रममा कीर्तिपुरमा निधन भएको छ।’
२०७९ साल फागुनमा वैवाहिक बन्धमा बाधिएकी उनीहरूको एक सन्तान छोरा जन्मिएको थियो ।तर, गौर-२ माइती भएकी उनी सुत्केरी भएको ३५ दिनपछि ससुराली घर फर्किएको दिन पछि नै उनको छोराको मृत्यु भएको थियो।
मृतक पिंकीका काका संजय मुखियाले पिंकी ८ महिनाको गर्भवती भएको बताए । ‘मेरी भतिजी गर्भवती थिइन् । तर उनका श्रीमान र परिवारले मिलेर गर्भवती श्रीमतीमाथि पटक-पटक घरेलु हिंसाको शिकार बनाए र मारे ।’ उनले आरोप लगाए ।
९ दिनसम्म कीर्तिपुरस्थित वर्न अस्पतालमा जीवनसँग संघर्ष गरेकी पिंकीको शव उपचार खर्च बुझाउन नसक्दा अस्पतालमै रहेको संजय मुखियाले बताए ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4