+

आईसीसी टी-२० विश्वकप एसिया ईपीपी छनोट मलेसियामा हुने

२०८१ असोज  १२ गते १०:३१ २०८१ असोज १२ गते १०:३१
आईसीसी टी-२० विश्वकप एसिया ईपीपी छनोट मलेसियामा हुने

१२ असोज, काठमाडौं – आइसीसी टी–२० विश्वकप एसिया इएपी फाइनल छनोट २०२५ मलेसियामा हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले वार्षिक साधरण सभामा शुक्रबार पोखरामा सार्वजनिक गरेको २०२५ को क्यालेन्डरमा विश्वकप छनोट मलेसियामा हुने जनाएको छ ।

क्यानको वार्षिक क्यालेन्डर २०२५ का अनुसार अगष्टमा आईसीसी टी२० विश्वकप छनोट आयोजना मलेसियामा हुनेछ । आईसीसी टी२० विश्वकप २०२५ को छनोटमा नेपाल, ओमान, पपुवा न्युगिनी, समोआ, मलेसिया र कुवेत छनोट भई सकेका छन् । अव एसिया क्वालिफायर बी बाट दुई र इएपी क्वालिफायर बी बाट १ टोलीले अन्तिम फाइनल छनोटमा स्थान बनाउनेछन् ।

एसिया ईएपी फाइनल छनोटमा नेपालसहित ९ टोलीको सहभागीता रहनेछ । शीर्ष तीन टोलीले २०२६ मा भारत र श्रीलंकामा हुने टी–२० विश्वकप खेल्न पाउनेछन् । इएपी छनोट यस पटक देखि एसिया क्षेत्रमा गाभिएको हो । यसअघि इएपी क्षेत्रबाट पपुवा न्युगिनी छनोट हुँदै विश्वकप खेल्दै आएको थियो ।

आइसीसी टी–२० विश्वकप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय