+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

भारी वर्षाका कारण त्रिविको कृषि विज्ञान प्रवेश परीक्षा स्थगित

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १२ गते १०:४५

१२ असोज, काठमाडौं । शुक्रबारदेखि परेको अविरल वर्षाका कारण त्रिभुवन विश्वविद्यालयले कृषि र पशु चिकित्सा विज्ञानको प्रवेश परीक्षा स्थगित गरेको छ ।

वर्षाका कारण ठाउँ ठाउँमा डुबान भएपछि विद्यार्थीलाई आउन असहज हुने हुँदा शनिबार हुन लागेको परीक्षा स्थगित गरिएको कृषि, पशु विज्ञान अध्ययन संस्थानका निमित्त डीन एवं भर्ना समितिका संयोजक डा. किशोरचन्द्र दाहालले अनलाइनखबरलाई बताए ।

उनका अनुसार, रोकिएको परीक्षा कहिले सञ्चालन गर्ने भन्नेबारे निर्णय गर्न बैठक बसिरहेको छ । ‘असोज १६ वा १७ मा छलफल भइरहेको छ, आजै सूचना जारी गर्छौं’, दाहालले भने ।

कृषि विज्ञानको प्रवेश परीक्षा नेपाली सेनाको स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हुने भनिएको थियो ।

सुदूरपश्चिम विश्वविद्यालयले यसअघि ९ असोजमा कृषि पढ्ने विद्यार्थीका लागि काठमाडौंको पद्मकन्या क्याम्पसमा प्रवेश परीक्षा लिएको थियो । परीक्षामा झण्डै एक हजार विद्यार्थी सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?