+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

एमएडब्लू वृद्धिले पोखराबाट पनि सुरु गर्‍यो ‘दिपल ईभी’

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १३ गते १३:१०

पोखरा । नेपालका लागि चांगानको आधिकारिक विक्रेता एमएडब्लू वृद्धिले पोखरामा ‘दिपल ईभी’ सार्वजनिक गरेको छ । शुक्रबार पोखरामा आयोजित एक कार्यक्रमका बीच दिपल ईभी सार्वजनिक गरिएको हो ।

गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री बिन्दुकुमार थापा, नेपाली क्रिकेटर एवम् दिपल ईभीका ब्रान्ड एम्बास्डर पारस खड्का, चांगानको पोखरा डिलर हिमालय अर्गनाइजेसनकी संस्थापक मिलन थापा, डाइरेक्टर सौरभ थापाले संयुक्त रूपमा दिपल एस०७ र एल०७ ईभी सार्वजनिक गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री थापाले पोखरामा चांगानको सफलताको कामना गर्दै सेवा र ग्राहक सन्तुष्टिलाई प्राथमिकतामा राख्न सुझाव दिए ।

दिपल ईभीका ब्रान्ड एम्बास्डर नेपाल क्रिकेट संघका सचिव समेत रहेका खड्काले दिपल ईभी भ्यालु फर मनि भएको बताए ।

चांगान पोखराकी संस्थापक मिलन थापाले दिपल ब्रान्डलाई लिएर आफू निकै उत्साहित रहेको बताइन् ।

चांगान नेपालका मार्केटिंग हेड रमेश दनेखूले एमएडब्लू ग्राहक सन्तुष्टिमा प्रतिबद्ध रहेको बताए ।

एमएडब्लू वृद्धिले अर्को साता पोखराकै सबैभन्दा ठूलो एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ क्यामको आयोजना गर्नेछ । जहाँ दिपल, सेरस र नामीले नाडा अटो शोमा जारी गरेको विशेष अफर उपयोग गर्न सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीले दिपल एस ०७ को मूल्य ७१ लाख ९९ हजार रुपैयाँ तोकेको छ । साथै, नयाँ सेरेस ३ लाई ४५ लाख ४९ रुपैयाँमा खरिद गर्न सक्नेछन् भने नामी ईभी खरिदमा ७ किलोवाटको चार्जर उपलब्ध हुने कम्पनीले जनाएको छ ।

ग्राहकले हरेक टेस्ट ड्राइभ र पुरानो गाडीको मूल्यांकनमा आकर्षक उपहार पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?