२५ असोज, काभ्रे । काभ्रेको रोशी-११ पिप्लेमा सुख्खा पहिरोबाट अवरुद्ध भएको बीपी राजमार्ग एकतर्फी खुलेको छ ।
बीपी राजमार्ग अन्तर्गत पिप्लेमा सुख्खा पहिरो खसेर अवरुद्ध सडक केहीबेरअघि पन्छाएर सडक सुचारु गरेको डिभिजन सडक कार्यालय भक्तपुरका सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले जानकारी दिए ।
उनका अनुसार खसेको पहिरोलाई सडकबाट हटाइएको छ भने एकतर्फी रुपमा सवारी सुचारू गरिएको छ ।
यसअघि सुक्खा पहिरो खसेर गाडी नै पुरिएपछि बीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको थियो ।
पहिरोमा खोटाङबाट काठमाडौंतर्फ जाँदै गरेको ना. १ ज. ६८१७ नम्बरको सुमोलाई पुरेको थियो भने पुरिएको गाडी निकाल्न गएको डोजरलाई समेत पहिरोले पल्टाइदिएको थियो ।
साथै सिन्धुलीबाट काठमाडौं तर्फ जाँदै गरेको बा. ४ ख. ४३५२ नम्बरको बसलाई सोही ठाउँको पहिरोले रोशी खोलामा धकेलेको छ ।
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
                
                
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4