+
+
WC Series
पोखरा एभेन्जर्स 2025
43/2 (6.3)
VS
८१ बलमा १२३ रन आवश्यक
काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

अष्ट्रेलियामा ‘छक्कापन्जा ५’ले चार दिनमा कमायो करोड

राजन घिमिरे राजन घिमिरे
२०८१ असोज २८ गते १९:३५

सिड्नी (अष्ट्रेलिया) । नेपालसँगै अष्ट्रेलियामा पनि प्रर्दशनमा आएको फिल्म ‘छक्कापञ्जा ५’ले यहाँको बक्सअफिस कमाइमा नयाँ रेकर्ड राखेको छ । फिल्मको अष्ट्रेलियाली वितरण कम्पनी नमस्ते इन्टरटेनमेन्टले दीपाश्री निरौला निर्देशित कमेडी तथा सोसल ड्रामाले ४ दिनमा एक करोड रुपैयाँमाथि धेरै ब्यापार गरेको बताएको छ ।

कम्पनीका देव कार्कीले विहिबार, शुक्रबार, शनिबार र आइतबार फिल्मले उक्त कलेक्सन गरेको बताए । उनले अष्ट्रेलियामा चलेका नेपाली फिल्ममध्ये ‘छक्कापन्जा ५’ नै चार दिनमा यति धेरै ब्यापार गरेको पहिलो नेपाली फिल्म भएको दाबी गरे ।

उनले आगामी साता फिल्मको ब्यापार अझै बढ्न सक्ने प्रक्षेपण गरे । ‘दशैंको चहलपहलमा ब्यस्त दर्शक सोमबारदेखी बाहिर निस्कन थालेका छन्’ भन्छन्, ‘एकल रिलिजको अवसरले पनि फिल्मको ब्यापार अझै वृद्धि हुने देखिन्छ ।’

यतिबेला अष्ट्रेलियामा यो फिल्मलाई हेर्न युवा दर्शकमात्र हैन, दशैं मनाउन र परिवार भेट्न अष्ट्रेलिया पुगेका अभिभावक पनि बाक्लै छन् । अभिभावकलाई लिएर सिड्नीको पारामाटामा रहेको इभेन्ट सिनेमामा फिल्म हेर्न पुगेका विष्णुप्रसाद अर्यालको अनुभव यस्तो छ, ‘यो पारिवारिक अनि सरल र सबै परिबार बसेर हेर्न मिल्ने फिल्म भएकाले पनि अभिभावकलाई लिएर फिल्म हेर्न आएका थियौं, त्यही पायौं ।’

दीपाश्री निरौला निर्देशित यो फिल्मलाई आमा सरस्वती मूभिजले निर्माण गरेको हो । यो फिल्म अमेरिकामा समेत प्रदर्शनमा आइसकेको छ । मध्यपूर्वमा आउने सातादेखि रिलिज हुँदैछ । भ्रष्टाचार र कर्मचारीतन्त्रलाई कटाक्ष गरेको यो फिल्ममा दीपकराज गिरी, वर्षा सिवाकोटी, केदार घिमिरे ‘माग्ने बुढा’को शीर्ष भूमिका छ ।

लेखक
राजन घिमिरे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?