+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

बार अध्यक्ष घिमिरेविरुद्धको अवहेलना प्रतिवेदनमाथि प्रारम्भिक सुनुवाइ

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक १ गते १२:१४

१ कात्तिक, काठमाडौं । लेनदेनमा न्यायाधीन नियुक्ति गरेको भन्ने अभिव्यक्ति दिएका नेपाल बार एशोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्ध परेको अदालतको अवहेलनासम्बन्धी प्रतिवेदनमाथि सर्वोच्च अदालतमा प्रारम्भिक सुनुवाइ भएको छ ।

न्यायाधीशहरु कुमार रेग्मी र डा. कुमार चुडालको इजलासले सर्वोच्च अदालतका उपरजिष्ट्रार गोविन्द घिमिरेले पेस गरेको प्रतिवेदनमाथि प्रारम्भिक सुनुवाइ गरेको हो । इजलासले उक्त प्रतिवेदनमाथि प्रारम्भिक आदेश दिनेछ ।

न्यायपरिषद्ले सर्वोच्च अदालतका लागि दुई न्यायाधीशको नाम सिफारिस गरेपछि काठमाडौं जिल्ला अदालत बार एशोसिएसनले आयोजना गरेको कार्यक्रममा बार अध्यक्ष घिमिरेले निवर्तमान प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठमाथि लेनदेनमा न्यायाधीश नियुक्त गरेको आरोप लगाएका थिए ।

उक्त अभिव्यक्तिले अदालतको अवहेलना भएको भनी उपरजिष्ट्रार घिमिरेले कारबाहीको माग गरी प्रतिवेदन तयार गरेका थिए । त्यही प्रतिवेदनमाथि सर्वोच्चमा प्रारमिभक सुनुवाइ भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?