 
																			२७ कात्तिक, काठमाडौं । संघीय संसदका पदाधिकारीहरूको सचिवालयमा रहने कर्मचारीहरूको स्तरअनुसार योग्यताको मापदण्ड तोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।
अधिवक्ता माधवराज शर्मा पोखरेलले संघीय संसदका पदाधिकारीहरूले योग्यता विनाका व्यक्तिहरूलाई आफ्नो सचिवालयमा नियुक्ति गरेको भन्दै मापदण्ड तोक्न माग गरेका हुन् ।
उनले संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७३ मा यो विषय समावेश गर्न माग गरेका छन् ।
अनलाइनखबरले १४ भदौ २०८१ मा सांसदका स्वकीय सचिव, ८ कक्षा पढेकालाई अधिकृतको तलब शीर्षकमा समाचार प्रकाशित गरेको थियो । त्यसैलाई आधार मान्दै अधिवक्ता शर्माले सांसदको स्वकीय सचिवालयमा रहने कर्मचारीहरूको मापदण्ड तोक्ने कानुन बनाउन आदेशको माग गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                .png) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4