 
																			२९ कात्तिक, काठमाडौं । परराष्ट्र मन्त्री डा. आरजु राणाको स्वागतमा फूलमालासहित उपस्थित हुन नेपाली कांग्रेस डडेलधुराले सर्कुलर जारी गरेको छ ।
कांग्रेस डडेलधुरा सभापति भीमबहादुर साउदले विज्ञप्ति निकालेर पार्टीका नेता कार्यकर्तालाई स्वागतमा उपस्थित हुन निर्देशन दिएका हुन् । कांग्रेस केन्द्रीय समिति सदस्य समेत रहेकी मन्त्री राणा शुक्रबार डडेलधुरा पुग्दैछन् ।
शुक्रबार दिउँसो ३ः३० बजे डडेलधुरा बसपार्कमा फूलमालासहित स्वागतका लागि उपस्थित हुन साउदले एक विज्ञप्तिमार्फत् निर्देशन दिएका छन् ।
‘महासमिति सदस्यहरू, महाधिवेशन प्रतिनिधिहरू, जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू, प्रदेश सभा क्षेत्रीय कार्यसमितिहरू, पालिका कार्यसमितिहरू, वडा कार्यसमितिहरु, टोल कार्यसमितिहरु, भातृ तथा शुभेच्छुक संघ संस्थाका सम्पूर्ण कार्यसमितिहरु, क्षेत्रीय प्रतिनिधिहरु, क्रियाशिल सदस्यहरु, उद्योगी व्यापारीहरु तथा नेपाली कांग्रेसप्रति आस्थावान सम्पूर्ण महानुभावहरुलाई डडेल्धुरा बसपार्कमा फूलमालासहित उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं,’ साउदद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
मन्त्री बनेपछि राणा पहिलोपल्ट जिल्लामा आउन लागेकाले स्वागतलाई औपचारिकता दिन लागिएको हुनसक्ने परराष्ट्रमन्त्री राणाका सल्लाहकार एकराज पाठकले बताए । ‘मन्त्री भएपछि पहिलो पटक जिल्ला जान लाग्नुभको हो । त्यसैले जिल्लाको पार्टीले उपस्थित हुन सूचना जारी गर्यो होला,’ उनले भने ।

 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                .png) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4